असोज १९, २०८३ सोमबार October 5, 2026

काठमाडौंका संक्रमितहरु हालै उपत्यकाबाहिरबाट आएका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । काठमाडौंमा मगंलवार भेटिएका तीन जना संक्रमितहरु मध्येमा दुई जना काठमाडौं उपत्यका वाहिरवाट वैशाख २९ गते आईपुगेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ। संक्रमित तीनै जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। उनीहरुलाई मंगलवार राति नै अस्पतालमा भर्ना गरिएको हो।

अस्पतालका प्रवक्ता अनुप वास्तोलाका अनुसार काठमाडौं मच्छेगाउँ बस्ने ३३ वर्षीय महिला वैशाख २९ गते कंचनपुरवाट काठमाडौं आएकी थिइन् भने भक्तपुर राधे–राधेकी २५ वर्षीय महिला २९ गते नै सुनसरीवाट काठमाडौं आएकी थिइन्। घरवेटीले डेरामा बस्न नदिएपछि उनीहरु परिक्षणको लागि टेकु अस्पतालमा पुगेका थिए। वाँकी एक पुरुष सुरक्षाकर्मी रहेको र काठमाडौंमै बसिरहेको डा.वास्तोलाले जानकारी दिएका छन।

अस्पतालका निर्देशक डा.सागर राजभण्डारीले विरामी संक्रमितहरुको दिउँसो चार जबे विस्तृत जानकारी दिने बताएका छन्। तीन सातादेखि राजधानीमा विभिन्न नाका हुँदै मोटरसाइकलमा काठमाडौं आउने र कतिपय राजधानी आएका वससंगै राजधानीमा पुन कोरोना संक्रमणको उच्च जोखिम बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ‘वाहिरवाट आउनेलाई रोक्न सकेनौं,परिक्षणको दायरा राजधानीमा पनि बढाउँदैछौं’ स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठले भने।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपा सभापति रवि र अस्ट्रेलियाका राजदूत साइमन जर्जबीच भेटवार्ता
२०८३ असोज १९, सोमबार
इन्टर्न चिकित्सक डिल्ली हरिजन पुनःआमरण अनसनमा
२०८३ असोज १९, सोमबार
कर्णालीको मुख्य न्यायाधिवक्तामा सर्वराज जोशी नियुक्त
२०८३ असोज १९, सोमबार
सरकार विपद् व्यवस्थापनमा प्रदेश र स्थानीय तहको समन्वयमा निरन्तर खटिएको छः प्रधानमन्त्री
२०८३ असोज १९, सोमबार
१५औँ महाधिवेशनमा गगन थापाको राजनीतिक प्रतिवेदन, ‘नयाँ कांग्रेस, समुन्नत नेपाल’को खाका (पूर्णपाठ)
२०८३ असोज १९, सोमबार
रौतहट–लक्ष्मीपुरस्थित इटाँभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार
२०८३ असोज १९, सोमबार
किताब बगाएपछि बालबालिकालाई पढाइको पीर
२०८३ असोज १९, सोमबार