काठमाण्डाैः नेपालमा काेराेना संक्रमितकाे संख्या २ सय ५० पुगेकाे छ । राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशालाले जारी गरेकाे पछिल्लाे विज्ञप्तीमा उल्लेख भए अनुसार ५ जना नयाँ संक्रमित थपिएका छन् । सर्लाही, धनुषा र महाेत्तरीमा नयाँ संक्रमित थपिएका छन् ।
यसअघी मात्रै बिहान थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियाे । काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुष र कपिलवस्तु निवासी ६ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसअघि पनि चन्द्रागिरि नगरपालिकाकै मच्छेगाउँमा ३३ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै काठमाडौं उपत्यकामा कोरोना पुष्टि भएका व्यक्तिको संख्या ६ पुगेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया