मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितको संख्या सच्यायो,संक्रमितको संख्या २ सय ४५ नै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितहरूको संख्या सच्याएको छ । यसअघि २५० जना कोरोना संक्रमितको आँकडा सार्वजनिक गरेको मन्त्रालयले फेरि अर्को सूचना निकालेर संक्रमितको संख्या २ सय ४५ नै रहेको जनाएको छ ।

मन्त्रालयले यसअघि सार्वजनिक गरेको सूचनामा ५ जना संक्रमित प्राविधिक त्रुटिबस दोहोरिएको भन्दै आँकडा सच्याएको हो । मन्त्रालयले धनुषा, महोत्तरी र सर्लाहीका संक्रमित भएका व्यक्तिको बारेमा दुई पटक जानकारी गराएको हो ।

मन्त्रालयले बिहीबार बिहान गरेको नयाँ अपडेटअनुसार कुल २ सय ५० जना संक्रमित भएको जनाएकोमा यी २ सय ५० जनामा दुई दिन अगाडि नै संक्रमित भनिसकिएका धनुषाको जनकपुरधाम उपमहानगरपालिकाका ४० वर्षीय पुरुष, मिथिला नगरपालिका १० लालगढका २० वर्षीया युवती तथा महोत्तरीको जलेश्वर नगरपालिकाका ३५ वर्षीय पुरुष तथा महोत्तरीकै बलवा नगरपालिकाका १६ वर्षीय बालक र सर्लाहीको हरिपूर्वा नगरपालिका ३ धनकौलका ४५ वर्षीय पुरुष भनिएको छ । यी पाँचै जनालाई प्रादेशिक अस्पताल जनकपुरधामको आइसोलेसनमा बुधबारै ल्याइसकिएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले पनि मन्त्रालयले सार्वजनिक गरेको नयाँ अपडेटमा थपिएका यी पाँच जना पुरानै तथ्य भएको बताएका छन् । ‘हामी यी व्यक्तिलाई आइसोलेसनमा ल्याइसकेका छौं,’ उनले भने, ‘पुरानै तथ्य हालेर अपडेट गरिएको छ ।’

मन्त्रालयले मंगलबार राति धनुषाका २ जना, महोत्तरीका २ जना र १ जना सर्लाहीका संक्रमित भएको जनाएको थियो । महोत्तरीको जलेश्वरका भनिएका ३५ वर्षीय पुरुष जनकपुरधाममा पुस्तक व्यवसाय गर्दै आएका छन् ।

महोत्तरीकै बलबा नगरपालिकाका १६ वर्षीय बालक भारतबाट भागेर आएपछि नगराइनस्थित क्षेत्रीय क्वारेन्टाइनमा राखिएको थियो ।

धनुषाका २० वर्षीया युवती मिथिला नगरपालिका १० लालगढकी हुन् । भारतको राजधानी दिल्लीमा श्रीमान् र छोरासँग बस्दै आएकी उनी गत चैत १ गते नै यहाँ आएको प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिएका छन ।

जनकपुरधामका ४० वर्षीय पुरुष पत्रकार हुन् भने सर्लाहीको हरिपूर्वा नगरपालिका ३ का ४५ वर्षीय पुरुष मानसिक सन्तुलन ठीक नभएको व्यक्ति हुन् । यी पाँचै जनालाई आइसोलेसनमा ल्याइसकिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Tourists Depart Sagarmatha Region as Winter Chill Intensifies
२०८३ मंग्सिर ६, आइतबार
सन्तानेश्वर मन्दिर संरक्षण र पूर्वाधार विकासको पर्खाइमा
२०८३ मंग्सिर ६, आइतबार
चिसो बढेसँगै सगरमाथा क्षेत्रबाट बाहिरिने पर्यटकको सङ्ख्या बढ्दो
२०८३ मंग्सिर ६, आइतबार
कर्णालीमा दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ३२ खेलको स्थल तय
२०८३ मंग्सिर ६, आइतबार
प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जाँदै
२०८३ मंग्सिर ६, आइतबार
मलेसिया स्वास्थ्य परीक्षण अनियमितता : छानबिनको दायरामा परेनन् निर्णयकर्ता
२०८३ मंग्सिर ६, आइतबार
इरानको आणविक नीतिमा परिवर्तनको पक्षमा छैनन् चीन र रुस : अराघची
२०८३ मंग्सिर ६, आइतबार