मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

देशभर ३७५ वटा नमुना परीक्षण गर्दा १९ जनामा कोरोना पुष्टि : ६४ जना संक्रमणमुक्त

नेपालमा सक्रिय संक्रमितको संख्या २८३ मात्र - ३२ जना अस्पतालमा भर्ना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः पछिल्लो २४ घण्टामा देशभर १९ जना कोरोना संक्रमित थपिएका छन् । ३७५ वटा नमुना परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, आज  ६४ जना संक्रमणमुक्त भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या २८३ पुगेको छ ।

आजसम्म ३२ जना अस्पतालमा भर्ना भएका छन् । तीमध्ये एघार जना आईसीयू र एकजना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया