भाद्र २, २०८३ मंगलबार August 18, 2026

सामसङको नयाँ फाइभजी स्मार्टफोन ‘ग्यालेक्सी एम१२’ सार्वजनिक

६००० एमएएच ब्याट्री र ५० मेगापिक्सेलका तीन क्यामेरा भएको सामसङ स्मार्टफोन बजारमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली बजारमा सामसङको नयाँ फाइभजी स्मार्टफोन ‘ग्यालेक्सी एम१२’ भित्रिएको छ । कम्पनीले बुधबारदेखि देशभरका सबै शोरुमहरूमा यो मोडेलको फोन उपलब्ध भएको जानकारी दिएको छ ।

यसमा ५० मेगापिक्सेलका  तीन ओटा क्यामरा छन् । एफ १.८ लेन्सले कम प्रकाशमा पनि उच्च गुणस्तरका साथ फोटो खिच्नसक्ने कम्पनीले जनाएको छ ।

त्यस्तै फोनमा सेल्फी खिच्नका लागि १३ मेगापिक्सेलको क्यामेरा छ । कम्पनीले फोनमा ६००० एमएएच क्षमताको ब्याट्री दिएको छ । कम्पनीले एक पटकको चार्जमा लगातार दुई दिनसम फोन चलाउन सकिने दाबी गरेको छ ।

”तपाईंले मोबाइलको ब्याट्री जीवनको कुनै परवाह नगरी घण्टौं घण्टासम्म लगातार ब्राउज एण्ड बिन्ज गर्न सक्नु हुनेछ,” कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै स्मार्टफोनले २५ वाटको फास्ट चार्जिङ्गलाई सपोर्ट गर्छ । त्यस्तै यो फोनको अर्को विशेषतामा ५ एनएम एक्जिनस १३३० प्रोसेसर रहेको छ ।

यो चिपसेटले प्रयोगकर्ताहरूलाई कुनै बाधा बिना बहुकार्यहरु गर्न मद्दत गर्ने कम्पनीले जनाएको छ । ”यसमा पावर गुणदायक सीपीयू संरचना छ र यसले उत्कृष्ट गेमिङ्ग अनुभवका लागि सहज र थ्री डि ग्राफिक्स उपलब्ध गराउँछ,” कम्पनीले भनेको छ ।

त्यस्तै फोनमा भर्चुअल र्‍यामको विकल्प पनि छ, जसमार्फत १२ जीबीसम्म र्‍यामको क्षमता बढाउन सकिन्छ । फोनमा ६.६ इन्चको एचडी प्लस, ९० हर्ज डिस्प्ले उपलब्ध छ । ६+१२८ जीबीयुक्त फोनको मूल्य रु.२४,९९९ ताेकिएकाे छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकार दृढ : मन्त्री पौडेल
२०८३ भाद्र २, मंगलबार
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
२०८३ भाद्र २, मंगलबार
विदेशस्थित नेपाली दूतावास र नियोगका आवासीय भवन निर्माणको योजना छः मन्त्री खनाल
२०८३ भाद्र २, मंगलबार
प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेटवार्ता
२०८३ भाद्र २, मंगलबार
परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका राजदूत लोरेन्जोदको बिदाइ भेट
२०८३ भाद्र २, मंगलबार
प्रदेश अपाङ्गता नीति निर्माणमा जोड दिन्छौँः मुख्यमन्त्री शाही
२०८३ भाद्र २, मंगलबार
सेनाको सहयोगमा बाढीले बगाएको वीरेठाँटी–घान्द्रुक सडक पुनर्निर्माण गरिँदै
२०८३ भाद्र २, मंगलबार