मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

कोरोनाबाट एकको मृत्यु, थप ४३ जनामा संक्रमण पुष्टि

कोरोना सक्रिय संक्रमितको संख्या २०२ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः पछिल्लो २४ घण्टामा कोरोनबाट एक जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल १३०१ जनामा नमुना परीक्षण गर्दा बिहीबार थप ४३ जनामा संक्रमण पुष्टि भएको र एकको निधन भएको हो ।

कूल १३०१ मध्ये पीसीआरबाट ७४१ र एन्टीजेन विधिबाट ५६० जनामा कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । परीक्षणमध्ये पीसीआरतर्फ ३३ र एन्टीजेनतर्फ १० जना गरी ४३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

कोरोना सक्रिय संक्रमितको संख्या २०२ पुगेका पनि मन्त्रालयले जनाएको छ । बिहीबार कोरोनाबाट निको भएर ५० जना घर फर्किएका छन् । हाल संस्थागत आइसोलेसनमा २६, आई.सी.यू. मा १२ र भेन्टिलेटरमा एक कोरोना बिरामी रहेको मन्त्रालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया