असार २५, २०८२ बुधबार July 9, 2025

अहिलेसम्म २३ हजार ९ सय १४ को पिसिआर परीक्षण,२ सय ६७ जना आइसोलेसनमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबारसम्म पिसिआर विधिबाट २३ हजार ९ सय १४ जनाको र आरडिटी विधिबाट ६३ हजार ८५ जनाको नमूना परीक्षण भएको जानकारी दिएको छ।
मन्त्रालयको नियमित व्रिफिङका क्रममा शुक्रबार प्रवक्ता डा.विकास देवकोटाले पछिल्लो २४ घण्टामा पिसिआर विधिबाट १ हजार २ सय ५० र आरडिटी विधिबाट ७ सय ५८ गरी २ हजार ८ वटा परीक्षण भएको जनाएका हुन्।

प्रदेश नम्बर १ मा ८ हजार ९ सय ३३, प्रदेश नम्बर २ मा ५ हजार ९ सय ८२, बागमती प्रदेशमा ९ हजार ६ सय ७३ वटा आरडिटी परीक्षण भएका छन्।
यस्तै गण्डकी प्रदेशमा ६ हजार ८ सय ६२, प्रदेश नम्बर ५ मा ७ हजार ९ सय ७१, कर्णाली प्रदेशमा ७ हजार ३ सय ७ र सुदूरपश्चिम प्रदेशमा १६ हजार ३ सय ५७ जनाको आरडिटी परीक्षण भएको प्रवक्ता देवकोटाले जानकारी दिएका छन।

डा.देवकोटाका अनुसार देशभरीका विभिन्न अस्पतालमा २ सय ६७ आइसोलेसनमा उपचाररत रहेका छन्।
उपत्यकामा २७ सहित बागमती प्रदेशमा ३४ जना आइसोलेसनमा रहेका छन्। प्रदेश नम्बर १ मा २२, प्रदेश नम्बर २ मा १ सय २ गण्डकी प्रदेशमा १ जना आइसोलेसनमा रहेका छन्।
यस्तै प्रदेश नम्बर ५ मा १ सय ८ जना आइसोलेसनमा रहेका छन्। कर्णाली र सुदूरपश्चिममा भने कुनै पनि व्यक्ति शुक्रबार आइसोलेसनमा छैनन्। उनले क्वारेन्टाइनमा भने देशभर १५ हजार ६ सय ८३ जना रहेको बताएका छन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार