असोज २०, २०८३ मंगलबार October 6, 2026

अहिलेसम्म २३ हजार ९ सय १४ को पिसिआर परीक्षण,२ सय ६७ जना आइसोलेसनमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबारसम्म पिसिआर विधिबाट २३ हजार ९ सय १४ जनाको र आरडिटी विधिबाट ६३ हजार ८५ जनाको नमूना परीक्षण भएको जानकारी दिएको छ।
मन्त्रालयको नियमित व्रिफिङका क्रममा शुक्रबार प्रवक्ता डा.विकास देवकोटाले पछिल्लो २४ घण्टामा पिसिआर विधिबाट १ हजार २ सय ५० र आरडिटी विधिबाट ७ सय ५८ गरी २ हजार ८ वटा परीक्षण भएको जनाएका हुन्।

प्रदेश नम्बर १ मा ८ हजार ९ सय ३३, प्रदेश नम्बर २ मा ५ हजार ९ सय ८२, बागमती प्रदेशमा ९ हजार ६ सय ७३ वटा आरडिटी परीक्षण भएका छन्।
यस्तै गण्डकी प्रदेशमा ६ हजार ८ सय ६२, प्रदेश नम्बर ५ मा ७ हजार ९ सय ७१, कर्णाली प्रदेशमा ७ हजार ३ सय ७ र सुदूरपश्चिम प्रदेशमा १६ हजार ३ सय ५७ जनाको आरडिटी परीक्षण भएको प्रवक्ता देवकोटाले जानकारी दिएका छन।

डा.देवकोटाका अनुसार देशभरीका विभिन्न अस्पतालमा २ सय ६७ आइसोलेसनमा उपचाररत रहेका छन्।
उपत्यकामा २७ सहित बागमती प्रदेशमा ३४ जना आइसोलेसनमा रहेका छन्। प्रदेश नम्बर १ मा २२, प्रदेश नम्बर २ मा १ सय २ गण्डकी प्रदेशमा १ जना आइसोलेसनमा रहेका छन्।
यस्तै प्रदेश नम्बर ५ मा १ सय ८ जना आइसोलेसनमा रहेका छन्। कर्णाली र सुदूरपश्चिममा भने कुनै पनि व्यक्ति शुक्रबार आइसोलेसनमा छैनन्। उनले क्वारेन्टाइनमा भने देशभर १५ हजार ६ सय ८३ जना रहेको बताएका छन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय परिषददद्धारा सर्वोच्च अदालतमा चार न्यायाधीश सिफारिस
२०८३ असोज २०, मंगलबार
डिजेलमा कर छुट दिन अमेरिकी राष्ट्रपति ट्रम्पको आदेश
२०८३ असोज २०, मंगलबार
कांग्रेस महाधिवेशनको आजको बन्द सत्र सकियो, प्रस्ताव तथा प्रतिवेदनमाथि व्यापक छलफल
२०८३ असोज २०, मंगलबार
नेप्सेमा ११.९६ अंकको वृद्धि, ३ अर्ब १३ करोडको कारोबार
२०८३ असोज २०, मंगलबार
जसपा नेपालको केन्द्रीय समिति बैठक भोलिदेखि काठमाडौंमा
२०८३ असोज २०, मंगलबार
‘उच्च शिक्षा सुधारका लागि नीतिगत र संरचनागत सुधारको काम भइरहेको छ’ : शिक्षामन्त्री
२०८३ असोज २०, मंगलबार
दशौँ राष्ट्रिय खेलकुद : जुम्लामा महिला–पुरुष खेलाडी छनोट प्रतियोगिता सुरु
२०८३ असोज २०, मंगलबार