मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

पुरुष भलिबल प्रतियोगिताको उपाधी बौदीकालीलाई

बौदीकालीलाई प्रथम खुल्ला अन्तरपालिका स्तरीय पुरुष भलिबल उपाधि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः पाल्पाको निस्दी गाउँपालिकामा भएको प्रथम खुल्ला अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधी पूर्व नवलपरासीको बौदीकाली गाउँपालिकाले हात पारेको छ ।

फाइनलमा स्याङजाको कालीगण्डकी गाउँपालिकालाई २–१ सेटले पछि पार्दै बौदीकाली गाउँपालिकाले उपाधि जितेको हो । पहिलो र तेस्रो सेट २५–१८ र १५–१३ अंक सहित जित हासिल गरेको थियो भने कालीगण्डकी गाउापालिकाले दोस्रो सेट २५–२२ ले जितेको थियो । उपाधी जितेसंगै बौदीकालीले १ लाख २० हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ भने दोस्रो भएको कालीगण्डकीले ८० हजार नगद पुरस्कारसहित शिल्ड र प्रमाणपत्र मेडल प्राप्त गरेको छ ।

निस्दी गाउँपालिका पाल्पाको आयोजना र निस्दी भलिबलको संघको सह–आयोजनामा भएको फाइनल खेल समय अभावका कारण वेष्ट अफ थ्री मा खेलाइएको थियो । प्रतियोगितामा बाग्लुङको गलकोट नगरपालिका तेस्रो भएको छ । उसले नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका २–१ सेटले पराजित गरेको हो । तेस्रो भएको गल्कोट नगरपालिकाले ५० हजार र सान्तवना हुने नवलपरासी बर्दघाटले ३० हजार नगद पायो । खेलमा पहिलो सेट बर्दघाटले २५–२३ अंक सहित जिते पनि गल्कोटले दोस्रो र तेस्रो सेट २५–१७ र १५–१३ अंक पाएको थियो ।

पाल्पाबाहेक स्याङ्जा, बाग्लुङ, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका गरी आठ पालिकाको सहभागिता रहेको प्रतियोगितमा बौदीकाली गाउँपालिकाका आशिष श्रेष्ठ वेष्ट प्लेयर, हिमाल सुनारी वेष्ट सर्भर, वेष्ट ब्लकर विश्वास अधिकारी, कालीगण्डकीका सुदिप राना वेष्ट सेटर, बर्दघाटका कमल गहतराज वेष्ट स्पाइकर र वेष्ट डिफेण्डर गल्कोटका चन्द्र सुनार भएका छन् । प्रतियोगितामा विजयी समूह, खेलाडीलाई लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठ, निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारु, पूर्वखोला गाउँपालिका अध्यक्ष नुनबहादुर थापा, निस्दी गाउँपालिका उपाध्यक्ष तिरण कुमारी श्रेष्ठ लगायतले पुरस्कार प्रदान बितरण गरे ।

लुम्बिनी प्रदेशसभा सदस्य श्रेष्ठले खेलकुदले युवालाई अनुशासित बनाउनुका साथै सम्बन्ध स्थापित गर्ने माधयम भएको बताए । पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापा, निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारु, उपाध्यक्ष तिरन कुमारी श्रेष्ठले प्रतियोगिता आयोजना गर्दा पाल्पा मात्र नभई छिमेकी जिल्लाहरुका खेलाडीबीचको सम्बन्ध र पालिकाकै सम्बन्ध स्थापनामा सहयोग पुगेको बताए । । दल बहादुर जर्घा स्मृति खेल मैदान निस्दी गाउापालिका–५ गल्धा ढुङ्गानाबेशीमा भएको प्रतियोगिता गत बैशाख २३ गते खेल संचालन भएको निस्दी भलिबल संघका सदस्य होम राई मगरले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया