श्रावण १२, २०८३ मंगलबार July 28, 2026

शैक्षिक क्षेत्रको सुधारका लागि सरकारले कुनै कसर बाँकी राख्दैन : प्रधानमन्त्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको शैक्षिक क्षेत्रको सुधारका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन्। नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले आज प्रधानमन्त्री निवास बालुवाटारमा बुझाएको ज्ञापनपत्र बुझ्दै उनले विगतदेखि नै थाती रहेका केही विषयमा सरकारले स्पष्ट दृष्टिकोणका साथ निर्णय गर्ने बताए।

प्रधानमन्त्री दाहालले शिक्षकका समस्याका बारेमा आफू जानकार रहेकाले सम्बोधनको पहल गर्ने बताएको एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका अध्यक्ष शङ्कर अधिकारीले जानकारी दिए । उनका अनुसार महासङ्घले उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्न, सङ्घीय शिक्षा ऐन तत्काल जारी गर्न र आगामी आर्थिक वर्षको बजेटमा शिक्षक कर्मचारीका माग पूरा गर्न प्रधानमन्त्रीसमक्ष माग गरिएको छ ।

महासङ्घले विशेष गरी शिक्षा क्षेत्रका लागि कूल बजेटको २० प्रतिशत बराबरको रकम लगानी गर्न माग गरेको छ । विद्यालयमा कर्मचारीको दरबन्दी सिर्जना गरी विद्यालय कर्मचारीलाई दरबन्दी अनुसारको तलबभत्ताको प्रबन्ध गर्न, शिक्षक कर्मचारीको तलबभत्ता मासिक रुपमा उपलब्ध गराउन तथा शैक्षिक गुणस्तर वृद्धिका लागि पेसागत एवम् विषयगत तालिमको प्रबन्ध गर्न माग गरिएको अध्यक्ष अधिकारीले जानकारी दिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज र संशोधन हुँदैछन् : अर्थमन्त्री डा वाग्ले
२०८३ श्रावण १२, मंगलबार
कर्णाली मुख्यमन्त्रीमा मंगल शाही नियुक्त
२०८३ श्रावण १२, मंगलबार
गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु: देउवा
२०८३ श्रावण १२, मंगलबार
राष्ट्रप्रति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनप्रति दुःख व्यक्त
२०८३ श्रावण १२, मंगलबार
शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह
२०८३ श्रावण १२, मंगलबार
प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको निम्तो
२०८३ श्रावण १२, मंगलबार
प्रस्तावित निर्वाचन आयुक्तको सुनुवाइ सुरु
२०८३ श्रावण १२, मंगलबार