असार १, २०८३ सोमबार June 15, 2026

छात्राले आत्महत्या गरेपछि चितवन मेडिकल कलेजको डेन्टल ओपीडी ठप्प

आत्महत्या गरेपछि विरोधमा विद्यार्थीले बिहीबार  अस्पतालको डेन्टल ओपीडी सेवा ठप्प पारे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः एक छात्राले आत्महत्या गरेपछि चितवन मेडिकल कलेजको डेन्टल ओपीडी सेवा ठप्प पारिएको छ ।

बीडीएस चौथो वर्षको परीक्षा दिँदै गरेकी सिम्रन थापाले बुधबार आफ्नै कोठामा आत्महत्या गरेपछि विरोधमा विद्यार्थीले बिहीबार  अस्पतालको डेन्टल ओपीडी सेवा ठप्प पारेका हुन् ।

शिक्षकले परीक्षा दिइरहेकी थापालाई जबरजस्ती परीक्षा हलबाट निकालेका कारण उनले आत्महत्या गरेको भन्दै आन्दोलनरत विद्यार्थीले दोषी शिक्षकलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।

पीडितले न्याय र पीडकलाई सजाय नभएसम्म मेडिकल कलेजको सम्पूर्ण ओपीडी सेवा अनिश्चितकालका लागि बन्द गर्ने विद्यार्थी संघर्ष समितिले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया