काठमाण्डाैंः शहीद स्मारक ए डिभिजन लिग फुटबलमा न्युराेड टिम (एनआरटी) ले एफसी खुमलटारलाई हराएकाे छ ।
आज शुक्रवार दशरथ रङ्गशालामा भएकाे खेलमा एनआरटीले पहिलाे हाफमा २–० ले पछि परेकाे स्थितिबाट पुनरागमन गर्दै खुमलटारलाई ३–२ गाेलले हरायाे । एनआरटीका लागि विक्रम धिमाल र निकाेलस सेर्जेले गाेल गर्दा एक गाेल आत्मघाती पायाे ।

खुमलटारका लागि समिर विनाेङ र राजिव लाेप्चनले गाेल गरे ।
याे जितसँगै एनआरटी १७ खेलमा २१ अङ्कसहित तालिकाकाे नवाैँ स्थानमा छ । खुमलटार उति नै खेलमा १७ अङ्कसहित पुछारमा छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया