मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

आइपीएल : गुजरातमाथि मुम्बईको जित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः ईन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत शुक्रबार भएको खेलमा मुम्बई इन्डियन्सले गुजरात टाइटन्सलाई २७ रनले पराजित गरेको छ ।

मुम्बईले दिएको २१९ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित ओभरमा १९१ रन मात्र बनाउन सक्यो ।

गुजरातका लागि रसिद खानले अविजित ३२ बलमा ७९ रन बनाए । यस्ते डेभिड मिलरले ४१, विजय शंकरले २९, रसिद खानले २५ रन र राहुल तेवाटियाले १४ रन बनाए ।

मुम्बईका लागि बलर आकाश मडवालले ३ विकेट लिए । यस्तै पियुश चावला र कुमार कर्तिज्ञले समान दुई दुई विकेट लिए । जेशन ब्रेनड्रफले एक विकेट लिए ।

यसअघि वानखडेमा पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित ओभरमा ५ विकेटको क्षतिमा २१८ रन बनाएको थियो ।

मुम्बईका लागि सूर्यकुमार यादवले अविजित १०३ रनको शतकिय पारि खेले । यस्तै इशान किसान ३१, विष्णु विनोद ३०, रोहित शर्मा २९ र नेहाल वादिराले १५ रन बनाए ।

गुजरातका लागि बलर रसिद खानले ४ विकेट लिए । यस्तै मोहित शर्माले एक विकेट लिए । यससँगै मुम्बई १२ खेलबाट १४ अकंका साथ तेश्रो स्थानमा उक्लिएको छ । शिर्ष स्थानमा रहेको गुजरात १२ खेलमा १६ अंक रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया