असार २१, २०८२ शनिबार July 5, 2025

पञ्जाबले दिल्लीलाई ३१ रनले हरायो, युवा ओपनर प्रसिमरन सिंहको शतक प्रहर

१२ खेलबाट ८ अंक जोड्दै तालिकाको पुछारमा रहेको दिल्लीले जारी सिजन ४ खेलमात्र जित्न सफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः इण्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफ पुग्ने होडबाट दिल्ली क्यापिटल्स बाहिरिएको छ ।

शनिबार राति दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा पञ्जाबले ३१ रनको जित निकालेसँगै दिल्ली प्लेअफको होडबाट बाहिरिएको हो ।

टस हारेर ब्याटिङमा उत्रिएको पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६७ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको दिल्ली ८ विकेट गुमाएर १३६ रनमा समेटियो ।

युवा ओपनर प्रसिमरन सिंहले उक्त खेलमा शतक प्रहार गरेका थिए । सिंहले ६५ बलमा १० चौका र ६ छक्काको सहयोगमा १ सय ३ रनको शतकीय ईनिङ्स खेले । आइपीएलमा सिंहको यो पहिलो शतक हो ।

पराजितसँगै दिल्ली प्लेअफको होडबाट बाहिरिएको छ। १२ खेलबाट ८ अंक जोड्दै तालिकाको पुछारमा रहेको दिल्लीले जारी सिजन ४ खेलमात्र जित्न सकेको छ ।

पञ्जाब भने दिल्लीलाई हराएर १२ अंक जोड्दै तालिकाको छैटौँ स्थानमा उक्लिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार