जेठ २०, २०८० शनिबार June 3, 2023

जेठ मसान्तभित्र प्रतिवेदन पेश नगर्ने विद्यालयको अनुदान रोक्का गर्ने चेतावनी (पत्र सहित)

विद्यालयलाई सामाजिक परीक्षण प्रतिवेदन र विद्यालय सुधार योजना पेश गर्न महानगरको निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः काठमाडौं महानगरपालिकाले जेठ मसान्तभित्र सामाजिक परीक्षण पेश नगर्ने विद्यालयको आगामी वर्षको बजेटमा अनुदान रोक्का गर्ने चेतावनी दिएको छ ।

माग बमोजिमका विवरण पेश नगर्ने विद्यालयलाई अनुदान रोक्का हुन गएमा सम्बन्धित विद्यालयका प्रधानाध्यापक जिम्मेवार हुने समेत चेतावनी दिएको छ । महानगर शिक्षा विभागले विद्यालयलाई सामाजिक परीक्षण प्रतिवेदन र विद्यालय सुधार योजना पेश गर्न निर्देशन दिएको हो ।

पञ्चवर्षीय विद्यालय सुधार योजना तथा सामाजिक परीक्षण प्रतिवेदनको १–१ प्रति आगामी जेठ मसान्तसम्म पेश गर्न सबै विद्यालयलाई निर्देशन सहितको पत्राचार विभागले गरेको छ ।

सबै सामुदायिक विद्यालयलाई पञ्चवर्षीय विद्यालय सुधार योजना तथा सामाजिक परीक्षण मापदण्ड २०७८ बमोजिम प्रतिवेदन पेश गर्नुपर्ने भएपनि कतिपय विद्यालयले पेश नगरेको कारण पत्राचार गरेको हो ।

विद्यालयले विद्यालय सुधार योजना निर्माण सहयोगी पुस्तिका २०७४ बमोजिम ढाँचा र प्रक्रियामा प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया