वैशाख १४, २०८१ शुक्रबार April 26, 2024

सकियाे साइकल कार्यशालाः नेपालमा साइकल कानुन बनाउने पर्नेमा जाेड

साइकल अभियानका अगुवा तथा नियमित साइकल प्रयोगकर्ता चार दर्जन बढी प्रतिनीधि तथा साइकलप्रेमीको सहभागीता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः देशभरका प्रतिनिधि साइकल संस्था समूह तथा साइकलप्रेमीको सहभागितामा  नेपालमा साइकल कानुन तथा अभियान विषयक दुईदिने आवाशीय कार्यशाला गोष्ठी धुलिखेलमा आइतबार सम्पन्न भएको छ ।

कार्यशालामा नेपालभरका साइकल संस्थाहरु, साइकल अभियानका अगुवा तथा नियमित साइकल प्रयोगकर्ता चार दर्जन बढी प्रतिनीधि तथा साइकलप्रेमीको सहभागीता रहेको थियो ।

विविध क्षेत्र, शंकाय, पेशा, तथा रुचिका प्रतिनिधि सहभागीहरुले साइकल समुदाय र साइकल अभियानका सवल, दुर्वल, अवसर, जोखिम आदि विविध समस्याहरुमाथि छलफल गरेका थिए । समस्याहरुमाथि गहन छलफलपश्चात समस्याको रणनीतिक समाधानार्थ अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रुपमा अघि बढाउने प्रस्ताव सर्वसम्मत पारित गरिएको जनाइएको छ ।

कार्यशालामा विविध क्षेत्रबाट प्रतिनिधित्व गर्ने साइकल समुदायका सदस्य तथा इमान्दार अभियानकर्ताहरु सामाजिक, आर्थिक, सांस्कृति तथा राजनीतिक हरेक हिसाबले सवल, सचेत र अनवरत सामाजिक न्यायका लागि समर्पित समुदायका रुपमा स्थापित गराउन दूरदृष्टीसहित एकतावद्ध बनेर सिर्जनात्मक अभियानमा संलग्न रहने र साइकल समुदायलाई यसतर्फ अग्रसर गराउने प्रतिवद्धता सर्वसम्मत सहमतिमा घोषणा गरिएको थियो ।

‘साइकल संस्कृति अभियान’को संयोजकत्व, ‘नेपाल साइकल सोसाइटी’, ‘साइकल सिटी नेटवर्क नेपाल’, ‘हिमालय राइडर्स सोसाइटी’, ‘बारा राइडर्स क्लव’, ‘साइकल साथी सैनामैना’, ‘फारवेस्टर्न राइडर्स’, ‘नेपालगंज साइक्लिङ क्लव’, ‘साइकल सिटी पोखरा’, ‘साइकल सिटी भैरहवा’, ‘चितवन साइक्लिङ राइडर्स क्लव’, ‘विरगंज साइक्लिङ राइडर्स क्लव’को आयोजना, ललितपुर महानगरपालिकाको प्रायोजन तथा धुलिखेल नगरपालिकाको आतिथ्यतामा कार्यशाला सफल रुपमा सम्पन्न गरिएको हाे ।

देशभरका साइकल संस्थाका अगुवा, प्रतिनिधि, प्रतिवद्ध साइकल संस्कृति विकासमा समर्पित अभियानकर्मीले सहभागीतामूलक प्रस्तुतीसहित सामूहिक कार्यबाट आधार पत्रलाई अन्तिम स्वरुप दिइएको थियो । देशभरबाट साइकल समुदायको प्रतिनिधित्व गर्दै साइकल समुदायका सक्रिय प्रतिनिधिहरु जस्तै अपाङ्गता भएका समुहका एक हातले साइकल हाँकिरहेका व्यक्तिहरु, सर्वसाधारण, गृहणी, पेशाकर्मी, विद्यार्थी, शिक्षक, प्राध्यापक, डाक्टर, लेखक, कलाकार, साइकल खेलाडी, साइकल व्यवसायी आदि सबै क्षेत्रका प्रतिनिधिहरु उपस्थित भई कार्यशालाको सफलताका लागि सामूहिक रुपले महत्वपूर्ण योगदान दिइएको थियो । सबै सहभागी साइकल संस्कृति विकासप्रति समर्पित नियमित साइकल प्रयोगकर्ता तथा साइकल अभियानकर्ताका रुपमा पहिचान बनाइसकेका विविध विषयमा विज्ञता हासिल गरेका व्यक्तित्वहरु थिए ।

कार्यक्रमको समुदघाटन नियमित साइकल प्रयोग तथा साइकल संस्कृति विकासमा समर्पित काठमाडौँ विश्वविद्यालय चिकित्साशास्त्रका डीन प्रा.डा. राजेन्द्र कोजुले फूलको विरुवालाई पानी दिएर सम्पन्न गरेको थियो । त्यसपश्चात दुई दिनसम्म नेपालको साइकल संस्कृति, साइकल अभियान, साइकल अभियानकर्मी, साइकल कानुन, साइकल समुदायका समस्या, सम्भावना, सुधानुपर्ने पक्षहरुबारे नियमित साइकल प्रयोगकर्ता तथा अगुवाहरु आपसमा सामूहिक छलफल गरी निचोड निकालेर रणनीति तय गरिएको थियो ।

सामूहिक रुपमा पहिचान गरिएका साइकल समुदायका समस्या र तिनको समाधानार्थ तयार पारिएको रणनीतिहरुलाई सफल पार्न कार्यशालाको समापनका क्रममा सम्पूर्ण अतिथि सहभागी तथा कार्यशालाका प्रमुख अतिथि ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र विशेष अतिथि धुलिखेल नगरपालिकाका मेयर अशोककुमार बेन्जुले आफ्नो व्यक्तिगत तथा नगरपालिकाकातर्फबाट सघाउने प्रतिवद्धता पनि व्यक्त गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘पाँच वर्षमा एक सय खर्बको जिडिपी’ योजना आयोगको महत्त्वाकांक्षी लक्ष्य, प्रधानमन्त्री प्रतिबद्ध
२०८१ वैशाख १४, शुक्रबार
केन्यामा बाढीका कारण ३८ को मृत्यु
२०८१ वैशाख १४, शुक्रबार
दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण
२०८१ वैशाख १४, शुक्रबार
मटिहानी आगलागी घटना : क्षति पहिचान र राहतका लागि समन्वय गर्न टोली परिचालन
२०८१ वैशाख १४, शुक्रबार
गुल्मीमा विद्यार्थीको आँखा परीक्षण गरिने
२०८१ वैशाख १४, शुक्रबार
कक्षा १२ को परीक्षाको सबै तयारी पूरा – एक हजार ५२६ परीक्षा केन्द्र तोकिए
२०८१ वैशाख १३, बिहिबार
टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न अस्वीकार
२०८१ वैशाख १३, बिहिबार