वैशाख २४, २०८१ सोमबार May 6, 2024

मोहन्यालमा नौ वटा सिँचाइ योजनाको काम सुरु

चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकार र सङ्घ सशर्त अनुदानबाट विनियोजित रु दुई करोड २० लाखबाट योजना सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कैलाली । कैलालीको मोहन्याल गाउँपालिकाका पाँच वडामा नौ वटा सिँचाइ योजनाको काम सुरु भएको छ ।

कृषकको खेतबारीमा सिँचाइ सुविधा पुर्‍याउने  वडा नं ३, ४, ५, ६ र ७ मा सिँचाइ योजनाको काम सुरु गरिएको हो । खाद्य बाली, तरकारी र फलफूल उत्पादन वृद्धि गर्न खेतीयोग्य जमिनमा सिँचाइ योजनाको काम उपभोक्ता समितिमार्फत सञ्चालन भइरहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय धनगढीले जनाएको छ ।

चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकार र सङ्घ सशर्त अनुदानबाट विनियोजित रु दुई करोड २० लाखबाट ती योजना सुरु भएको सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख इन्जिनियर अमरबहादुर पालले जानकारी दिनुभयो ।

सिँचाइ कार्यालयका अनुसार पट्रेनी सिँचाइ योजनामा रु २५ लाख, बडापानीमा १५ लाख, आमखोलामा १५ लाख, मौतोलीमा १५ लाख, माथिल्लो बारेगडामा २० लाख, बागेरवामा २० लाख, पटघारीमा २५ लाख, ओखडेको कोटमा २० लाख र अप्रीखोलामा २५ लाख बजेट विनियोजन गरिएको छ ।

त्यसैगरी मोहन्याल गाउँपालिका–३ मा एकीकृत ऊर्जा तथा सिँचाइ विशेष कार्यक्रमअन्तर्गत सङ्घ सशर्त अनुदानमार्फत रागमलेखा लिफ्ट सिँचाइ योजनाका लागि रु ५० लाख बजेट विनियोजन गरिएको कार्यालय प्रमुख पालले बताउनुभयो । सो योजनाको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार भई कार्यान्वयनको चरणमा रहेको छ ।

खाद्य बाली, तरकारी र फलफूल खेतीको सम्भावना बोकेको मोहन्यालका किसानले सिँचाइ अभावका कारण आकाशे पानीका भरमा खेती गर्दै आएका थिए । सिँचाइ योजना सम्पन्न भएपछि सधैँका लागि समस्या समाधान हुने स्थानीय टेकेन्द्र बोगटीले बताउनुभयो । निर्माण सुरु गरिएका योजनामध्ये तीन वटा क्रमागत र बाँकी योजना नयाँ हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको मौसम : तीन वटा प्रदेशमा चट्याङ्ग सहित पानी पर्ने
२०८१ वैशाख २४, सोमबार
इंग्लिस प्रिमियर लिग : लिभरपुलले टोटेनहमलाई ४–२ गोलले हरायो
२०८१ वैशाख २४, सोमबार
लखनउलाई ९८ रनले हराउँदै कोलकाता आईपीएलको शीर्षस्थानमा
२०८१ वैशाख २४, सोमबार
रुरल सहकारी प्रकरणः अध्यक्ष र सचिवले स्वीकारे बचतकर्ताको रकमबाट जग्गा खरिद गरेको
२०८१ वैशाख २४, सोमबार
लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक
२०८१ वैशाख २३, आइतबार
नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच द्विपक्षीय वार्ता
२०८१ वैशाख २३, आइतबार
राष्ट्रपति पौडेलद्वारा खाद्य स्वच्छता तथा गुणस्तर प्रमाणीकरण
२०८१ वैशाख २३, आइतबार