श्रावण १२, २०८१ शनिबार July 27, 2024

एभर्टनलाई पराजित गरेको म्यानचेस्टर ४ अंक थप गर्दै शिर्षस्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः इंग्लिस प्रिमियर लिगको जारी खेलमा म्यानचेस्टर सिटीले उपाधि जित्ने सम्भावनालाई बढाएको छ । शनिवार राती भएको खेलमा घरेलु टोली एभर्टनलाई ३–० ले पराजित गर्दै उपाधीको सम्भावना बढाएको हो ।

गुडिसन पार्कमा आइतबार राति भएको सहज जीतको खेल पछि दोस्रो स्थानको आर्सनललाई ४ अंकले पछि पार्दै म्यानचेस्टरले उपाधिको सम्भावनालाई थप बलियो बनाएको हो  ।

म्यानचेस्टरले पहिलो हाफमा नै दुई गोल गरेको थियो । पहिलो हाफको ३७औं मिनेटमा इल्केए गुन्डोगानले गोल गर्दै सिटीलाई १-० को अग्रता दिलाएको केही बेरमा अर्थात ३९ औं मिनेटमा हालान्डले गोल गर्दै सिटीलाई पहिलो हाफमा नै २–० को अग्रता दिलाउन सफल भई दिए ।

यसैगरी, दोस्रो हाफको ५१औं मिनेटमा गुन्डोगानले फ्रि किकमार्फत व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै सिटीलाई ३-० को जीतकाे स्थीतिमा ल्याइ दिए  । त्यसपछि दुवैतर्फवाट गोल हुन सकेनन, अन्ततः म्यानचेस्टर ३-० को अग्रतासहित उपाधी होडतर्फ थप अग्रसर हुन पुग्यो ।

यस जितसँगै शीर्षस्थानमा रहेको सिटीको ३५ खेलबाट ८५ अंक पुगेको छ भने पराजित एभर्टन ३६ खेलबाट ३२ अंक जोडेर १७औं स्थानमा सिमित रहेकाे छ ।

उता, समान खेलबाटै दोस्रो स्थानमा रहेको आर्सनलले ८१ अंकसहित म्यानचेस्टरलाइ पछयाईरहेको छ भने एभर्टनलाई पराजित गरेको म्यानचेस्टरले थप ४ अंक जोडेर उपाधी होडमा आफुलाई शिर्षस्थानमा राखेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार