श्रावण १६, २०८३ शनिबार August 1, 2026

सिन्धुपाल्चोकमा ४ वटा वडा र स्वास्थ्य चौकी सिल, सेना परिचालन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । कोरोना संक्रमणबाट सिन्धुपाल्चोकमा एक जना महिलाको मृत्यु भएपछि चार वटा गाउँ सिल गर्दै सेना परिचालन गरिएको छ । ती महिलालाई उपचार गर्न लगिएको बाह्रबिसेको स्वास्थ्य चौकी पनि सिल गरिएको छ ।

बाह्रबिसे नेगरपालिकाकी उपमेयर सुशीला पाख्रिनले लकडाउनमा कडाइ गर्न बाह्रबिसे नगरपालिकाका वडा नम्बर ८ र ९ तथा बलेफी गाउँपालिकाका ७ र ८ नम्बर वडामा सेना परिचालन गरिएको बताइन् । बाह्रबिसे ती महिलाको घर हो भने बलेफी उनको माइती हो ।

उपमेयर पाख्रिनका अनुसार बाह्रबिसे बजार पनि आइतबार बिहानबाट पूर्णरुपमा बन्द गरिएको छ । ‘अरु दिनमा अत्यावश्यक खाद्य सामग्री किनबेच गर्न केही घण्टा खोलिन्थ्यो, आज बिहान त बजार पूरै बन्द गरिएको छ,’ उपमेयर पाख्रिनले भनिन् ।

शनिबार बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । उनको मृत्युलगत्तै शनिबारदेखि नै जोखिमयुक्त गाउँ र बजार क्षेत्रमा कडाइ गरिएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको टोली पनि सिन्धुपाल्चोक गएर अनुसन्धान गर्दै छ ।

बाह्रबिसेकी ती महिला कोरोनाबाट ज्यान गुमाउने नेपालको पहिलो व्यक्ति हुन् । आइतबार बिहानसम्म नेपालमा २९१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको मौसम : चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना
२०८३ श्रावण १६, शनिबार
गगन थापाले देशको पछिल्लो स्थिति साम्य बनाउन लिएको पहलकदमी निरन्तर जारी
२०८३ श्रावण १५, शुक्रबार
पूर्वी जिल्लाको तनावपछि सर्लाहीमा सुरक्षा कडा, सीमा प्रवेशमा नयाँ व्यवस्था
२०८३ श्रावण १५, शुक्रबार
स्पेन छिर्ने क्रममा ९ अफ्रिकन आप्रवासीको गयो ज्यान
२०८३ श्रावण १५, शुक्रबार
छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार
२०८३ श्रावण १५, शुक्रबार
गण्डकी प्रदेशसभा बैठक बस्दै
२०८३ श्रावण १५, शुक्रबार
सुनचाँदीको मूल्य फेरी बढ्यो
२०८३ श्रावण १५, शुक्रबार