भाद्र ५, २०८३ शुक्रबार August 21, 2026

राष्ट्रिय गौरवका आयोजनाका पदाधिकारी सरुवा नहुने व्यवस्था गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना

उपलब्ध भएसम्म विकास, निर्माणका काममा स्वदेशी कच्चा पदार्थको उपयोग गर्नुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय गौरवका आयोजना तोकिएको समयमै पूरा गर्न आयोजनामा कार्यरत पदाधिकारीको सरुवा नहुने व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा उहाँले तोकिएको समयमा काम पूरा गर्ने गरी पदाधिकारीलाई जिम्मेवार बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले उपलब्ध भएसम्म विकास, निर्माणका काममा स्वदेशी कच्चा पदार्थको उपयोग गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय गौरवका आयोजना भनेर जथाभाबी नामकरण गर्न नहुने र स्पष्ट परिभाषा तय गरेर मात्रै नामकरण गर्न उपयुक्त हुने उल्लेख गर्नुभयो । उहाँले देशमा राष्ट्रिय गौरवको आयोजना जति थोरै भयो त्यति गौरव हुने बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउन मधेस सरकार प्रतिबद्ध’ – मुख्यमन्त्री यादव
२०८३ भाद्र ४, बिहिबार
राजकुमार ह्यारीकाे परिवार अमेरिकावाट बेलायत फर्कदै
२०८३ भाद्र ४, बिहिबार
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा
२०८३ भाद्र ४, बिहिबार
अमेरिकी ऋण ४०० खर्ब डलर नाघ्यो
२०८३ भाद्र ४, बिहिबार
परराष्ट्रमन्त्री खनालसँग साउदी राजदूत मोनैखिरको भेट
२०८३ भाद्र ४, बिहिबार
प्योङयाङद्वारा छोटो दूरीका केही ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण
२०८३ भाद्र ४, बिहिबार
चुनाव जितेर संसद् छिर्दैमा ‘जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्छ : गगन थापा
२०८३ भाद्र ४, बिहिबार