चैत्र १६, २०८० शुक्रबार March 29, 2024

सुनको मूल्य कसरी निर्धारण गरिन्छ ?

विश्व बजारमा हुने मागको आधारमा सुनको मूल्य निर्धारण हुन्छ र नेपालमा पनि त्यहि लागु गरिन्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली बजारमा अहिले सुनको मूल्य ठ्याक्कै एक लाख १२ हजार हाराहारी पुगेको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो । नेपाली बजारमा सुनको मूल्य तलमाथि भइरहन्छ । विश्व बजारमा हुने मागको आधारमा सुनको मूल्य निर्धारण हुन्छ र नेपालमा पनि त्यहि लागु गरिन्छ ।

अमेरिकाको केन्द्रीय बैङ्कले ब्याजदर घटाउँदा विश्व बजारमा सुनको माग अलिकति घट्ने गर्छ र सुनको मूल्य पनि घट्छ । यदि अमेरिकाको केन्द्रिय बैङ्कले ब्याजदर बढाएन भने लगानिकर्ताहरु सुनतिर आकर्षित हुन्छन् । यस्तो अवस्थामा सुनको माग बढ्छ । सुनलाई सुरक्षित सम्पत्तिका रुपमा मानिने भएकाले यसको माग बढी हुन्छ । अरु सम्पत्तिको सट्टा यदि सुनमा लगानी गर्न थालियो भने सुनको माग बढ्छ र सुनको मूल्य पनि बढ्ने हुन्छ ।

सुन सस्तो हुँदा किन्ने र महँगो हुँदा बेच्ने कुरा त सबैलाई थाहा भएकै कुरा हो ।  अन्तर्राष्द्रिय स्तरमा सुन महँगो हुदाँ नेपालमा सुन किनबेचको अवस्था यथार्थमा कस्तो हुन्छ ? दश वर्ष अघिसम्म  पैसा भयो भने आफ्नो बचतको लागि पनि सुन किनेर राख्ने ,गरगहना बनाएर राख्ने गरिन्थ्यो ।

अहिले मान्छेको आर्थिक अवस्था बढेको छैन, तलब बढेको छैन, लगानी गर्न पनि एकदमै गाह्रो भएको छ । लगन र बिहेवारिका बेला , साँस्कृतिक धार्मिक कार्यक्रम गर्नु पर्ने बेलामा भाउ बढेको या घटेको ये भए पनि अनिवार्य सामाग्रीका रुपमै यसको माग बढी हुने गर्छ ।

सुनको मूल्य बढ्यो भने नेपालको विदेशी विनिमय सञ्चिति घट्छ । जस्तो बाहिरबाट मानिसहरुले कमाएर ल्याएको पैसा विदेशी विनिमय सञ्चितिको रुपमा जम्मा हुन्छ । हाम्रो ढुकुटिमा रहेको विदेशी पैसा अलिकति घट्ने हुन्छ । यदि विश्वबजारमा सुनको मूल्य बढ्यो भने त्यसले हामीसँग भएको विदेशी विनिमय सञ्चिति घटाउँछ । त्यो गर्दाखेरि भोलि हामीलाई अरु वस्तु आयात गर्न अरु वस्तु बाहिरबाट मगाउन आवश्यक पर्ने विदेशी विनिमय सञ्चिति पनि नपुग्ने अवस्था भइदिन्छ ।

व्यवसायीहरुका अनुसार नेपालमा दैनिक ३० केजी सुन खपत हुन्छ । नेपाल राष्ट्र बैङ्कको अहिलेको नीतिअनुसार एउटा बैंकले प्रतिदिन १० केजी सुन आयात गर्न पाउँछ । आयात गरिएको सुन कहाँ जान्छ ? अहिले नेपाल राष्ट्र बैङ्कले आयात भएको सुनबाट ढिक्का सुन बिक्री गर्न बन्देज लगाएको अवस्था छ । त्यो ढिक्का सुन पनि व्यवसायीले मात्र किन्न पाउँछन् । यो सबै गहना बनाउनमा नै जान्छ । जति पनि सुन आयात हुन्छ सबै गहनामा नै खपत हुन्छ । सुनचाँदीको मूल्यवृद्धिले हाम्रो जनजीवनमा समेत असर पार्छ । धेरै पैसा सुनमा खर्च गर्दा अरु अत्यावश्यक वस्तुका लागि पैसा नपुग्न पनि सक्छ । सुनको मूल्य बढ्दा पनि नेपाली बजारमा  भने सुनको माग  घटेको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया