मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

विराट कोहलीको शतकमा बैंग्लोर विजयी

बैंग्लोरको जितमा कोहली र फाफ डु प्लेसीले १७२ रनको साझेदारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा विराट कोहलीले शानदार शतक प्रहार गरेपछि रोयल च्यालेन्जर्स बैंग्लोर ८ विकेटले विजयी भएको छ । बिहीबार रातिको खेलमा सनराइजर्स हैदरावादले दिएको १८७ रनको लक्ष्य बैंग्लोरले १९.२ ओभरमा मात्र २ विकेट गुमाएर भेटायो ।

बैंग्लोरको जितमा कोहली र फाफ डु प्लेसीले १७२ रनको साझेदारी गरे । कोहलीले ६३ बलमा एक सय रन बनाए भने फाफ डुप्लेसीले ४७ बलमा ७१ रन योगदान गरे । उनीहरु १८ औं ओभरसम्म टिकीरहे । ग्लेन म्याक्सवेल ५ र माइकल ब्रेसवेल ४ रनमा नटआउट रहे ।

बलिङतर्फ भुवनेश्वर कुमार र टी नटराजनले एक–एक विकेट लिए । त्यसअघि राजीव गान्धी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १८६ रन बनाएको थियो । हेनरिक क्लासेनले शानदार शतक प्रहार गरे पनि टिमलाई जिताउन भने सकेनन् । उनले ५१ बलमा १०४ रन बनाए पनि अन्य ब्याटर सस्तैमा आउट भए ।

IPL 2023: Can Virat Kohli help RCB finally win the title this season? -  News | Khaleej Times

ह्यारी ब्रुक २७ रनमा नटआउट हुँदा अभिषेक शर्मा ११, राहुल त्रिपाठी १५ र एडिन मारक्रम १८ रनमा आउट भए । बलिङतर्फ माइकल ब्रेसवेलले २ विकेट लिए । यस्तै मोहम्मद सिराज, शाहबाज अहमद र हर्षल पटेलले समान एक–एक विकेट लिए ।

यो जितसँगै बैंगलोरले प्लेअफमा पुग्ने सम्भावना कायम राखेको छ । उसले अंक तालिकामा मुम्बई इन्डियन्सलाई पछि पार्दै टप चारमा स्थान बनाएको छ । सजराइजर्स हैदराबादले अब आफ्नो अन्तिम खेल शीर्षस्थानमा रहेको गुजरात टाइटन्ससँग खेल्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया