श्रावण १२, २०८३ मंगलबार July 28, 2026

वंश वृद्धि र शान्तिको कामना गर्दै लोमान्थाङमा मनाइयो तिजीपर्व

गुरुङ र विष्ट समुदायले १५औँ शताब्दीदेखि मनाइँदै आएको तिजीपर्व यस वर्ष पनि वंश वृद्धि र शान्तिको कामना गरी मनाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङ क्षेत्रमा बसोबास गर्ने गुरुङ र विष्ट समुदायले १५औँ शताब्दीदेखि मनाइँदै आएको तिजीपर्व यस वर्ष पनि वंश वृद्धि र शान्तिको कामना गरी मनाएका छन् ।

तिजीपर्व लोमान्थाङको प्रमुख पर्व हो । मङ्गलबारदेखि सुरु भई तीन दिनसम्म चलेको यस पर्व (मेला) बिहीबार सम्पन्न भएको हो । यो पर्वको पहिलो दिन मुस्ताङी राजाको लोमान्थाङ दरबार अगाडिको प्राङ्गणमा लोमान्थाङस्थित छोदे गुम्बाका लामा तथा भिक्षुले देवी–देवताको पूजापाठ गर्नाका साथै धार्मिक नृत्य प्रस्तुत गरेका थिए । विभिन्न देवी–देवता र राक्षसको मुकुट पहिरिएर लामाले गर्ने यो नृत्य यस क्षेत्रकै सबैभन्दा पुरानो नृत्य भएको लोमान्थाङकी शिक्षिका सरला नेपालीले जानकारी दिइन् ।

उनका अनुसार यो धार्मिक नृत्य हो । यो नृत्य अवलोकन गर्नाले मोक्ष प्राप्ति हुने जनविश्वास रहेको छ । तिजीपर्वको पहिलो दिन लोमान्थाङ दरबार परिसरमा बौद्धधर्मका विभिन्न देवी–देवता र रिम्पोछेको विशाल थान्का प्रदर्शन गरिएको थियो । यो थान्का तिजीपर्वको दिनमा मात्र सार्वजनिक गर्ने चलन रहेको लोमान्थाङका आम्ची घ्याचो विष्टले बताए । पर्वको दोस्रो, तेस्रो दिनमा विभिन्न किसिमका सांस्कृतिक नृत्य प्रदर्शन गरिएको थियो ।

ऐतिहासिक तथा धार्मिक तिजीपर्व दोर्जी सुनुको पुनर्जन्म अर्थात् बज्रकिलाको जीवन कथासँग सम्बन्धित छ । सुनुले पुनर्जन्म प्राप्त गरी राक्षसको भय अन्त्य गरेको खुसीयालीमा शान्तिको प्रतीकका रूपमा तिजीपर्व मनाउने चलन रहेको उनको भनाइ थियो ।

तिजी हेर्न लोमान्थाङवासी, आन्तरिक पर्यटक र विदेशीले लोमान्थाङ भरिएको सरला नेपालीले उल्लेल गरिन् । उनका अनुसार तिजीपर्वका लागि लोमान्थाङमा सरसफाइ गरेर सजावट गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज र संशोधन हुँदैछन् : अर्थमन्त्री डा वाग्ले
२०८३ श्रावण १२, मंगलबार
कर्णाली मुख्यमन्त्रीमा मंगल शाही नियुक्त
२०८३ श्रावण १२, मंगलबार
गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु: देउवा
२०८३ श्रावण १२, मंगलबार
राष्ट्रप्रति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनप्रति दुःख व्यक्त
२०८३ श्रावण १२, मंगलबार
शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह
२०८३ श्रावण १२, मंगलबार
प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको निम्तो
२०८३ श्रावण १२, मंगलबार
प्रस्तावित निर्वाचन आयुक्तको सुनुवाइ सुरु
२०८३ श्रावण १२, मंगलबार