मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदै

सातदोबाटोमा दिउँसो ३ बजे हुने अर्काे खेलमा त्रिभुवन आर्मी र फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः  शहीद स्मारक ए डिभिजन लिग फुटबलमा सोमबार दुई खेल हुँदैछ। दिउँसो ३ बजे च्यासल मैदान ललितपुरमा हुने खेलमा शीर्ष स्थानको चर्च ब्वाइज युनाइटेड र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुँदैछ ।

चर्च ब्वाइज १९ खेलबाट ३६ जोडेर शीर्ष स्थानमा छ। ऊ यो खेलमा जित निकाल्दै शीर्ष स्थानको अंक दूरी ५ अंकले बढाउन चाहन्छ। दोस्रो स्थानको मच्छिन्द्रले २० खेलबाट ३४ अंक जोडेको छ। यस्तै हिमालयन शेर्पा १९ खेलबाट २५ अंकसहित सातौँ स्थानमा छ ।

त्यस्तै, एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो ३ बजे हुने अर्काे खेलमा त्रिभुवन आर्मी र फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ। तालिकाको छैटौँ स्थानमा रहेको आर्मीले १९ खेलबाट २६ अंक जोडेको छ।१३औँ स्थानमा रहेको फ्रेण्ड्सले समान खेलबाट २१ खंक जोडेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया