मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

नेपालमा थप ६ जनामा कोरोना पुष्टि : १० जना सङ्क्रमण मुक्त

सङ्क्रमण मुक्त हुने दर ९८.८ प्रतिशत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः पछिल्लो २४ घण्टामा ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३१३ जनाको पीसीआर परीक्षण गर्दा ४ जनामा र ५२२ जनाको एन्टीजेन परीक्षण गर्दा २ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

२४ घण्टामा अवधिमा १० जना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमण मुक्त हुने दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घण्टामा शुन्य जनाको मृत्यु भएको छ । यो सँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार ३१ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा मुलुकमा १४ हजार ८७६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा हाल ६४ जना सक्रिय सङ्क्रमित छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया