काठमाण्डौः काभा वुमन्स भलिबल च्यालेन्ज कप- २०२३ मा नेपालले आज दोस्रो खेल खेल्दैछ । हिजोवाट सुरु भएको भलिबल च्याम्पियनमा नेपालले आज दोस्रो खेलमा बंगलादेशसँग प्रस्पिर्धा गर्दैछ ।
सोमवार देखी जारी प्रतियोगिताको पहिलो खेलमा किर्गिस्तानलाई सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरको नेपालले आज भारतसँग पराजित भएर आएको बंगलादेशसँग दोस्रो प्रतिस्पर्धा गर्न लागेको हो ।
समुह एमा रहेको नेपाल बंगलादेशलाई पनि पराजित गरेर सेमिफाइनलमा पुग्ने लक्ष्यका साथ आज मैदानमा उत्रन लागेको हो । नेपाल र बंगलादेशबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया