असोज १९, २०८३ सोमबार October 5, 2026

गुल्मीका कोरोना संक्रमितको अवस्था गम्भीर, भेल्टिलेटरमा राखेर उपचार हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बुटवल । गुल्मीका कोरोना भाइरस (कोभिड-१९) का संक्रमित रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालको भेन्टिलेटरमा उपचाररत विरामी भएको पाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार गुल्मीका एक पुरुषमा कारोना संक्रमण पुष्टि भएको बताएको थियो । उनी मदाने गाउँपालिका– ६ पुर्कोट दहका हुन् ।

जण्डिस र निमोनिया भएको भन्दै आफन्तले १ जेठमा क्रिमसन अस्पताल भर्ना गरेका थिए । क्रिमसन चिकित्सकहरुले भने एक्यिुट इन्सेफलाइटिस सिन्ड्रोम देखिएको र निमोनिया भएको भन्दै दुई दिन आईसीयूमा राखेर उपचार गरेका थिए ।

स्वास्थ्यमा सुधार नआएपछि भेन्टिलेटर (कृतिम श्वासप्रश्वास) मा राखेर उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ । उनको २ गते थ्रोट स्वाब संकलन गरेको थियो र भैरहवास्थित प्रादेशिक प्रयोगशालामा परीक्षण गरिएको थियो ।

शिक्षक पेशामा आवद्ध उनको ट्राभल हिस्टी नभएको मदाने गाउँपालिकाका अध्यक्ष दानबहादुर केसीले बताएका छन । उनले भने, ‘कसरी कोरोना लाग्यो, हामी अचम्ममा छौं ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान
२०८३ असोज १९, सोमबार
रास्वपा सभापति रवि र अस्ट्रेलियाका राजदूत साइमन जर्जबीच भेटवार्ता
२०८३ असोज १९, सोमबार
इन्टर्न चिकित्सक डिल्ली हरिजन पुनःआमरण अनसनमा
२०८३ असोज १९, सोमबार
कर्णालीको मुख्य न्यायाधिवक्तामा सर्वराज जोशी नियुक्त
२०८३ असोज १९, सोमबार
सरकार विपद् व्यवस्थापनमा प्रदेश र स्थानीय तहको समन्वयमा निरन्तर खटिएको छः प्रधानमन्त्री
२०८३ असोज १९, सोमबार
१५औँ महाधिवेशनमा गगन थापाको राजनीतिक प्रतिवेदन, ‘नयाँ कांग्रेस, समुन्नत नेपाल’को खाका (पूर्णपाठ)
२०८३ असोज १९, सोमबार
रौतहट–लक्ष्मीपुरस्थित इटाँभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार
२०८३ असोज १९, सोमबार