मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

‘ए’ डिभिजन लिगमा नेपाल पुलिस क्लब र एफसी खुमलटार विजयी

दोस्रो स्थानमा रहेको साविक विजेता मच्छिन्द्रको ३४ र तेस्रो स्थानमा रहेको जावलाखेलको ३३ अङ्क

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपाल पुलिस क्लब र एफसी खुमलटारले शहिद स्मारक ‘ए’ डिभिजन लिगमा जित निकालेका छन् । एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा पुलिसले थ्रीस्टार क्लबलाई १–० गोलले स्तब्ध बनायो । दशरथ रंगशालामा भएको अर्को खेलमा रेलिगेसनको दबाबमा रहेको एफसी खुमलटारले सातदोवाटो युथ क्लबलाई १–० गोलले हरायो ।

पुलिसको जितमा हमद हिजाजीले निर्णायक गोल गर्नुभयो । हिजाजीले २८औं मिनेटमा गरेको गोल टोलीको जितमा प्रयाप्त बन्यो । जितसँगै २० खेलबाट २५ अङ्क बनाएको पुलिस आठौं स्थानमा उक्लिएको छ । समान खेलबाट २६ अङ्क बनाएको थ्रीस्टार छैटौं स्थानमा छ ।

यस्तै खुमलटारको जितमा मेसुके ओलुमोउले निर्णायक गोल गर्नुभयो । मेसुकेले ३७औं मिनेटमा गरेको गोल सातदोवाटोलाई हराउन प्रयाप्त बन्यो । जितसँगै २० खेलबाट २१ अङ्क बनाएको खुमलटार तालिकाको अन्तिममा छ । समान खेलबाट २९ अङ्क बनाएको सातदोवाटो चौथो स्थानमा छ ।

२०औं चरणको समाप्तिसँगै लिग तालिकाको शीर्षस्थानमा रहेको चर्च ब्वाइज युनाइटेडको ३७ अङ्क छ । दोस्रो स्थानमा रहेको साविक विजेता मच्छिन्द्रको ३४ र तेस्रो स्थानमा रहेको जावलाखेलको ३३ अङ्क छ । खुमलटारसँगै २१ अङ्क बनाएको फ्रेन्ड्सले पनि रेलिगेसन रेखा छल्न सकेको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया