श्रावण १२, २०८१ शनिबार July 27, 2024

बागमती प्रदेश खेलकुद प्रतियोगिता : २१ स्वर्णसहित चित्तवन विजेता

काठमाडौँ १९ स्वर्णपदक, १४ कास्यपदक र १४ रजत पदकसहित दोस्रोमा आउन सफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जारी बागमती प्रदेश दोस्रो खेलकुद प्रतियोगिताअन्तर्गत आजसम्ममा सबैभन्दा बढी चितवन जिल्लाले २१ स्वर्ण, १८ रजत र १८ कास्यसहित च्याम्पियन बन्न सफल भएको छ । दोस्रो स्थानमा काठमाडौँ १९ स्वर्णपदक, १४ कास्यपदक र १४ रजत पदकसहित दोस्रोमा आउन सफल भएको हो ।

यसैगरी तेस्रो स्थानमा भक्तपुर आउन सफल भएको छ । भक्तपुरले नौ स्वर्णपदक, १० रजतपदक र नौ कास्यपदक  जित्न सफल भएको छ । यस्तै सिन्धुपाल्चोकले नौ स्वर्ण, चार रजत र १० कास्य जितेको छ । रामेछापले भने सात स्वर्ण, आठ कास्य र १५ रजत जित्न सफल भएको छ ।

प्रदेश राजधानी मकवानपुरले आठ स्वर्ण, चार रजत र ११ कास्य जितेको छ । दोलखा जिल्लाले भने तीन स्वर्ण, नौ रजत र आठ कास्य प्राप्त गरेको छ । त्यसैगरी नुवाकोटले ६ स्वर्ण, पाँच रजत र १३ कास्य ल्याउँदा काभ्रेले ११ स्वर्ण, नौ रजत र १२ कास्य ल्याउन सफल भएको छ ।

ललितपुर जिल्लाले आठ स्वर्ण, ११ रजत र १७ कास्यपदक जित्न सफल भएको छ भने सिन्धुलीले एक स्वर्ण, चार रजत र चार कास्य जित्न सफल भएको छ । धादिङले अहिलेसम्म कुनै स्वर्णपदक जित्न सफल भएको छैन । उक्त जिल्ला पाँच रजत र सात कास्यपदकमा सीमित छ । रसुवाले पनि अहिलेसम्म कुनै स्वर्णपदक जित्न सफल भएको छैन । रसुवाले एक रजतसहित चार कास्यपदक मात्र जित्न सफल भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार