श्रावण १२, २०८१ शनिबार July 27, 2024

इन्टर मिलान कोपा इटालियाको च्याम्पियन, नवौं पटक उपाधी उचाल्न सफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः इन्टर मिलान कोपा इटालियाको च्याम्पियन बनेको छ । फियोरेन्टिनालाई २–१ ले पराजित गर्दै इन्टरमिलान कोपा इटालियाको च्याम्पियन बनेको हो ।

रोममा बुधबार राति भएको फाइनल खेलमा भएका सबै तीनवटा गोल पहिलो हाफमा नै भएको थियो ।

जसअनुसार तेस्रो मिनेटमा नै निकोलस गोन्जालेले सुरुवाती गोल गरेपछि फियोरेन्टिनाले १–० को अग्रता लिन सफल भएको थियो तर २९औं मिनेटमा मिलानका लागि लोउटारो मार्टिनेजले गोल गरे पछि खेललाई १–१ बराबरीमा आईपुगेको थियो ।

त्यसमाथी ३७औं मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टरलाई खेलमा पहिलो हाफमा नै २–१ को अग्रता दिलाउन सफल भए । तर, दोस्रो हाफमा प्रतिस्पर्धात्मक खेल भएपनि दुबै पक्षवाट गोल हुन नसके पछि २–१ मा नै खेल टुंगिन पुगे पछि मिलान बिजेता बन्न पुग्यो ।

सन् २०२१–२२ को सिजन पनि इन्टर मिलान च्याम्पियन बनेको थियो । युभेन्ट्सलाई पराजित गर्दै उपाधि जित्न सफल भएको मिलान लगातार दोस्रो पटक बिजेत बन्न सफल भएको हो । यो च्याम्पियनसँगै मिलानले कोपा इटालियाको नवौं पटक च्याम्पियन बन्न पुगेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार