श्रावण १२, २०८१ शनिबार July 27, 2024

बलात्कार आरोपित गौतम उपप्राध्यापकबाट निलम्बित

पक्राउ परेको दिनदेखि नै लागू हुने गरी सबै पदबाट निलम्बित गर्ने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः बलात्कार अभियोगमा प्रहरी हिरासतमा परेका दाङको देउखुरी बहुमुखी क्याम्पसका उपप्राध्यापक शेषमणि गौतम पदबाट निलम्बित भएका छन् ।

क्याम्पस सञ्चालक समितिको बिहीबार बसेको बैठकले क्याम्पस सञ्चालक समितिको कोषाध्यक्षसमेत रहेका गौतमलाई निलम्बित गरेको क्याम्पसले जनाएको छ ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष गणेशकुमार चौधरीको अध्यक्षतामा बसेको बैठकले पूर्वक्याम्पस प्रमुखसमेत रहेका गौतमलाई उनी पक्राउ परेको दिनदेखि नै लागू हुने गरी सबै पदबाट निलम्बित गर्ने निर्णय गरेको हो ।

लमही नगरपालिका वडा नं.५ रातोडाँडाका उपप्राध्यापक गौतमले जेठ ८ गते दिउँसो घरमा कोही नभएको समयमा एक २२ वर्षीया छात्रालाई जागिरको प्रलोभन देखाएर बलात्कार गरेको जाहेरीपछि सोही दिन उनी पक्राउ परेका थिए ।

जेठ ९ गते जिल्ला अदालतले गौतमलाई पाँच दिन थुनामा राखेर घटना अनुसन्धान गर्न म्याद दिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार