चैत्र १६, २०८० शुक्रबार March 29, 2024

विद्यालयमा करेन्ट लागेर छात्रको मृत्यु

मृतकका आफन्तद्धारा विद्यालयको लापरबाहीले गर्दा घटना भएको भन्दै निष्पक्ष छानबिनको माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सप्तरीको शिव इनटरनेशनल बोर्डिङ सेकेन्डरी स्कुल राजविराजका कक्षा १० मा अध्ययनरत एक विद्यार्थीको करेन्ट लागेर मृत्यु भएको छ ।

विद्यालयले आयोजना गरेको हाउस वाइज क्रिकेट टुर्नामेन्टमा साउण्ड सिस्टम बजाउने तयारी गर्दैगर्दा करेन्ट लागेर राजगढ गाउँपालिका झुटकी–२ बस्ने १५ वर्षीय तेसलानन्द यादवको शुक्रबार बिहान मृत्यु भएको हो ।

राजविराज कुनौली रोडमा रहेको विद्यालयमा करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराजमा लैजानेबित्तिकै चिकित्सकले मृत घोषणा गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी नरेश कुमार सिंहले घटनाको विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिए । मृतकका आफन्तले विद्यालयको लापरबाहीले गर्दा घटना भएको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया