मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

पुरुष क्रिकेटमा चितवनलाई स्वर्ण – महिला क्रिकेटको उपाधि काठमाडौंले जित्यो

काठमाडौंका इशान पाण्डे प्रतियोगिताको प्लेयर अफ दि सिरिज घोषित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः चितवनले जारी दोस्रो वाग्मती प्रदेश खेलकुद पुरुष क्रिकेट प्रतियोगितामा शुक्रबार स्वर्ण जितेको छ । महिला क्रिकेटको उपाधि काठमाडौंले जितेको छ ।

चितवनको गौतमबुद्ध क्रिकेट मैदानमा शुक्रबार भएको फाइनलमा ललितपुरमाठीले ३६ रनले स्वर्ण जितेको हो । निर्धारित २० ओभरमा १६७ रनको लक्ष्य पछ्याएको ललितपुरले आठ विकेट गुमाएर १३० रन मात्र जोडेर सहज जित निकालेको हो । चितवनका बलरले उत्कृष्ट बलिङ गरेपछि ललितपुरका ब्याट्सम्यान लामो समय टिक्न सकेनन् । चितवनका बलर दिवास आचार्यले ५ विकेट लिएर ललितपुरको इनिङ्स ध्वस्त पारे । उनले चार ओभरमा १५ रन मात्र खर्च गरे ।

ललितपुरलाई सस्तैमाका दीपेश श्रेष्ठले दुई र गौतम केसिलले एक विकेट लिए । ललितपुरका विवेक रानामगरले अविजित २७ रन बनाए भने ओपनर आशुतोष घिरैयाले २५ रन, रोनिम तिवारीले १६ रन र आरस तामाङले १४ रनले दोहोरो अंकको रन बनाउन सकेनन् । पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १६६ रन जोडेको थियो । चितवनलेले २.१ ओभरमा दुई विकेट गुमाएर ११ रन मात्र जोड्दै खराब सुरुवात गरेको थियो ।

ललितपुरका बलर चर्चित बज्रचार्यले ओपनर साकर ढकालले ४ रन बनाएर सन्तोष नियोपनेलाई १ रन बनाएर प्याभिलियन ल्याएर चितवनलाई ठूलो धक्का दिए । तर, तेस्रो विकेटका लागि ओपनर पाल्देन लामा र जेनिस महतलेले इनिङ्समा ५३ रनको अर्धशतकीय साझेदारी गरे । घरेलु टोलीलाई चुनौतीपूर्ण लक्ष्य दिएको गौतम केसिले ३६, पाल्देनले ३४ र जेनिस र प्रतीक श्रेष्ठले ३२ रन जोडे ।

ललितपुरका बलरले ३, विवेक रानामगर्ले २ तथा युनिस थापा र आदिल खानले १/१ विकेट लिए । काठमाडौंका इशान पाण्डे प्रतियोगिताको प्लेयर अफ दि सिरिज घोषित भए । उत्कृष्ट बलर काठमाडौंका मनोज यादव र उत्कृष्ट ब्याट्सम्यान चितवनका प्रतीक घोषित भए । विजेतलाई प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारी, प्रदेश खेलकुद विकास परिषद्, वाग्मती प्रदेश कार्यालयका प्रमुख देवनारायण चौधरी गायतले सम्मानित भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया