वैशाख ७, २०८१ शुक्रबार April 19, 2024

जेष्ठ १३ गते शनिबार, थाहा पाउनुहोस आजको राशिफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८० ज्येष्ठ १३ गते तद्अनुसार सन् २०२३ मे २७ तारिख शनिबार ज्येष्ठ शुक्ल पक्षको सप्तमी तिथि ५ः४४ पर अष्टमी तिथि मघा नक्षत्र व्याघात् योग भद्रा करण आनन्दादिमा पद्म योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१२ मा भयो र सूर्यास्त साँझ १८ः५१ बजे हुनेछ ।✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

मेष – आजको दिन ब्यापारमा फाइदा हुने योग भए पनि पेशागत रुपमा समस्या देखिन सक्छ । मुद्दा–मामिलामा पर्न सकिएला । अनावश्यक विवादमा पर्न सकिएला, विवेकका साथ व्यवहार गर्नु हितकर हुनेछ । बौद्धिक र सृजनात्मक काममा सफलता मिल्नेछ भने शत्रुमाथि विजय प्राप्त होला । यात्रामा सफलता प्राप्त हुनेछ । आमोदप्रमोदको अवसर मिल्न सक्छ ।

वृष – सामाजिक कामबाट प्रशंसा प्राप्त हुने दिन छ । मन हर्षित रहला । व्यापारमा गरेको लगानी सन्तोषप्रद रहनेछ । आफन्तजनको साथ–सहयोग रहला । ब्यस्तता बढ्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ । रसरागमा आकर्षण बढ्ला । परिवारिक सुख र उत्साह बढ्नेछ ।

मिथुन – नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने समय छ । खुसीको खबर प्राप्त होला । चल–अचल सम्पत्तिको कारोबार हुे योग छ । वैवाहिक जीवन सुखद रहला । रमाइलो यात्रा हुन सक्छ । पराक्रम बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – धैर्यले काम लिने समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । मित्रजनको सहयोग प्राप्त होला । अप्रत्याशित लाभ हुने योग छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् । रसरागमा आकर्षण बढ्नेछ । पारिवारिक सुख मिल्नेछ ।

सिंह – आजको दिन पीडा दिनेहरु सक्रिय रहन सक्छन् । स्वास्थ्य पनि कमजोर रहला, खानपानमा विशेष ध्यान दिनुहोला । व्यर्थको खर्च हुने योग रहेकोले खर्च घटाउने प्रयास गर्नु हितकर होला । मित्रजनको साथ मिल्नेछ । बौद्धिक तथा रचनात्मक काममा सफलता मिल्ने समय छ ।

कन्या – शुभदायी दिन छ । ठूला व्यक्तिबाट बुद्धिको तारिफ होला । नयाँ कामको थालनी गर्न उपयुक्त समय छ । रोकिएका काम बन्नाले आर्थिक पक्ष सबल बन्नेछ । मुद्दा–मामिलामा विजयी भइनेछ । धनलाभको योग छ, दिन खुशीसाथ बित्नेछ । इष्टमित्र र सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – सोचेभन्दा बढी नै लाभ हुने समय छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । आफन्त मिलनले सुख दिनेछ । पाहुनाको आगमनले मन हर्षित रहला । आयआर्जनमा राम्रो दिन छ । परिवारजनको साथ–सहयोग रहला । कार्यव्यपारमा सफलता प्राप्त होला । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – भाग्यबल बढ्नेछ । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने समय छ । कामहरु सजिलै बन्नेछन् । यात्रा हुनसक्छ । ब्यापारबाट सामान्य नाफा होला । हासखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्ने योग छ । रमणीय र सुखद यात्रा हुन सक्छ । शुभ काममाआकर्षण बढ्ला । शत्रुलाई जित्ने क्षमता वृद्धि होला ।

धनु – घरेलु समस्यामा अल्झनुपर्ने दिन छ । मित्र ठानेकाहरूबाट नै धोका मिल्न सक्छ । स्वास्थ्यसम्बन्धी समस्या आइपर्न सक्ने ययोग भएकोले सावधान रहनुहोला । धनमाल हराउन सक्छ, सजक रहनुहोला । अरूको भर पर्दा काममा धोका हुन सक्छ । टाढाको यात्रा आज नगर्नु बेस हुनेछ । बौद्धिक र रचनात्मक कार्य भने बन्नेछ । मिठो भोजन मिल्नेछ ।

मकर – दौडधुप बढ्नेछ । सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ । काममा कठिनाइ सहनुपरे पनि धनलाभ हुने योग छ । आरोग्यबल बढ्नेछ । सन्तानको सुख प्राप्त हुनेछ । नियमकानूनले साथ दिनेछ भने शत्रुमाथि विजय प्राप्त होला । दायित्व पूरा गर्नु हुनेछ ।

कुम्भ – रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । आर्थिक पक्ष सन्तोषजनक रहेको छ । पठनपाठन कार्यमा प्रगति हुनेछ । सन्तान पक्षबाट खुशीको समाचार सुन्न पाइएला । प्रेमभाव बढ्नेछ । आरोग्यता र ऐश्वर्य वृद्धि होला । रसरागमा आकर्षण बढ्ला । यात्रामा सफलता प्राप्त होला ।

मीन – दिन राम्रो छ । व्यापारमा सफलता मिल्ने समय छ । मित्रजनसँगको भेटघाट सुखद रहला । नयाँ कामका योजना बन्ने सम्भावना छ । जोश र जाँगर बढ्ला । आरोग्य वृद्धि हुनेछ । वार्तामा सफलता मिल्नेछ । साझेदारीको काम बन्नेछ । सुख विलास पनि बढ्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
२०८१ वैशाख ८, शनिबार
नागेल्सम्यान २०२६ को विश्वकपसम्म जर्मनीको प्रशिक्षक रहने
२०८१ वैशाख ८, शनिबार
प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित
२०८१ वैशाख ७, शुक्रबार
गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम गरे : काँग्रेस
२०८१ वैशाख ७, शुक्रबार
काठमाण्डौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?
२०८१ वैशाख ७, शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुन जेल चलान
२०८१ वैशाख ७, शुक्रबार
बाबुरामको पार्टीले बझाङको उपनिर्वाचनमा ‘राइट टू नो भोट’ को नीति अपनाउने
२०८१ वैशाख ७, शुक्रबार