असोज १९, २०८३ सोमबार October 5, 2026

गोँगबु र भृकुटीमण्डपमा ४७ जनामा आरडिटी पोजेटिभ, पीसीआरको रिपोर्ट बाँकी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । स्वास्थ्य मन्त्रालयका अनुसार गत केही दिनमा काठमाडौँ उपत्यकामा २ हजार २ सय ३६ जनामा आरडीटी परीक्षण भएको छ भने १ हजार १९ जनामा पीसीआर परीक्षण भएको छ। गोँगबु र भृकुटीमण्डपमा गरिएका सामूहिक परीक्षणमध्ये क्रमशस् १५ र ३२ जनामा आरडिटी पोजेटिभ आएको छ भने पीसीआरको नतिजा आउने क्रममा छ।

काठमाडौँका विभिन्न स्थानमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको अगुवाइमा परीक्षणहरु भएका थिए।

मन्त्रालयका अनुसार कालीमाटीमा आरडीटीबाट ७ सय जनाको परीक्षणमा गरिएकोमा ३ वटा नमूना पोजेटिभ आएको छ भने ३ सय ३४ पीसीआर परीक्षण गरिएकोमा सबै रिपोर्ट नेगेटिभ आएको छ।

काठमाडौँमा भएका सरसफाइसँग सम्बन्धित सेन्टरमा आरडीटीबाट ६६४ जनाको परीक्षणमा गरिएकोमा ३१ जनामा पाजेटिभ भेटिएको छ भने २६७ पीसीआर परीक्षण गरिएकोमा सबै रिपोर्ट नेगेटिभ आएको छ। गोंगबुमा आरडीटीबाट ४२० जनाको परीक्षण गरिएकोमा १५ जनामा पोजेटिभ आएको छ भने पीसीआर १७२ जनामा गरिएकोमा हालसम्म रिपोर्ट भने परीक्षणको क्रममा छ। यस्तै भृकुटीमन्डपमा आरडीटीबाट ४५२ जनाको परीक्षण गरिएकोमा ३२ जनामा पोजेटिभ आएको छ भने २४६ जनाको पीसीआरको रिपोर्ट परीक्षणको क्रममा छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुर्गा प्रसाईंलाई महान्यायाधिवक्ताको कार्यालयमार्फत सर्वोच्चमा झिकाउन आदेश
२०८३ असोज १९, सोमबार
प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान
२०८३ असोज १९, सोमबार
रास्वपा सभापति रवि र अस्ट्रेलियाका राजदूत साइमन जर्जबीच भेटवार्ता
२०८३ असोज १९, सोमबार
इन्टर्न चिकित्सक डिल्ली हरिजन पुनःआमरण अनसनमा
२०८३ असोज १९, सोमबार
कर्णालीको मुख्य न्यायाधिवक्तामा सर्वराज जोशी नियुक्त
२०८३ असोज १९, सोमबार
सरकार विपद् व्यवस्थापनमा प्रदेश र स्थानीय तहको समन्वयमा निरन्तर खटिएको छः प्रधानमन्त्री
२०८३ असोज १९, सोमबार
१५औँ महाधिवेशनमा गगन थापाको राजनीतिक प्रतिवेदन, ‘नयाँ कांग्रेस, समुन्नत नेपाल’को खाका (पूर्णपाठ)
२०८३ असोज १९, सोमबार