वैशाख ८, २०८१ शनिबार April 20, 2024

सीटीईभीटीद्वारा ६४० विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा

प्रतिवर्ष १ हजार ५०० र पोशाक खर्चबापत प्रतिवर्ष २ हजार ५०० रुपैयाँ समेत उपलब्ध गराइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले ६४० विद्यार्थीलाई यस वर्षदेखि आवासीय सुविधा र निर्वाह भत्तासहित निःशुल्क प्राविधिक शिक्षा उपलब्ध गराएको छ ।

परिषद् प्राविधिक शिक्षाको पहुँच नपुगेका ९९ स्थानीय तहका र देशभरका विपन्न, दलित र मुस्लिम समुदायका विद्यार्थीलाई आवासीय सुविधा र निर्वाह भत्तासहित ६४० जना विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा उपलब्ध गराएको परिषद्का सूचना अधिकारी एकराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार ९९ स्थानीय तहका ८० जनालाई ३ वर्षे डिप्लोमा तथा विपन्न, दलित र मुस्लिम समुदायका विद्यार्थीलाई १८ महिने प्रिडिप्लोमा तहमा १६० जना र ३ वर्षे डिप्लोमा/प्रमाणपत्र तहमा ४०० जनालाई विशेष छात्रवृत्ति कार्यक्रमअन्तर्गत अध्ययन गराइँदैछ ।

उनले ती विद्यार्थीलाई निर्वाह भत्ताबापत मासिक ३ हजार ५००, यातायात खर्चबापत प्रतिवर्ष १ हजार ५०० र पोशाक खर्चबापत प्रतिवर्ष २ हजार ५०० रुपैयाँ समेत उपलब्ध गराइनेछ ।

८० विद्यार्थीलाई ३ वर्षे बालीविज्ञान (डिप्लोमा इन एग्रिकल्चर) र डिप्लोमा इन होटल म्यानेजमेन्ट विषय निःशुल्क पठनपाठन गर्दैछन् । डिप्लो इन एग्रिकल्चर श्रीराम मिथिला बहुप्राविधिक शिक्षालय, भोजपुर र डिप्लोमा इन होटल म्यानेजमेन्ट नेपाल बनेपा बहुप्राविधिक शिक्षालय बनेपामा पढिरहेको उनले जानकारी दिए । १८ महिने प्रिडिप्लोमा एग्रिकल्चर, फरेस्ट्री, अटोमोबाइल इन्जिनीयरिङ र सिभिल इन्जिनीयरिङ विषय अध्ययन गराइन्छ ।

३ वर्षे डिप्लोमा सिभिल इन्जिनीयरिङ, बालीविज्ञान, जियोमेटिक्स इन्जिनीयरिङ, बायोमेडिकल इन्जिनीयरिङ, सिभिल (स्पेसलाइजेसन इन हाइड्रोपावर) इन्जिनीयरिङ, रेफ्रिजिरेसन एण्ड एयरकन्डिसनिङ इन्जिनीयरिङ, मेडिसिनल एण्ड एरोमेटिक्स प्लान्ट, पशुविज्ञान र सिभिल इन्जिनीयरिङ विषय अध्ययन गराइन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गण्डकीमा मनाङेलाई भौतिक पूर्वाधार र चुमानलाई अर्थ मन्त्रालयको जिम्मेवारी
२०८१ वैशाख ८, शनिबार
प्रदेश सरकारले खेलकुद क्षेत्रमा बजेट बढाउँछ : मुख्यमन्त्री सोडारी
२०८१ वैशाख ८, शनिबार
झुलाघाट नाका आजदेखि पुनः सञ्चालनमा
२०८१ वैशाख ८, शनिबार
पार्टीलाई सिद्ध्याउने षडयन्त्र भइरहेको छः रवि लामिछाने
२०८१ वैशाख ८, शनिबार
राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरी काम गर्नुपर्छ: परराष्ट्रमन्त्री श्रेष्ठ
२०८१ वैशाख ८, शनिबार
कैलालीका ७ नदीमा तटबन्ध निर्माण सुरु
२०८१ वैशाख ८, शनिबार
काठमाण्डौंका यी स्थानमा आज ९ घन्टा विद्युत अवरुद्ध हुने
२०८१ वैशाख ८, शनिबार