वैशाख १५, २०८१ शनिबार April 27, 2024

कैलाली प्रीमियर लिग अन्तरपालिका क्रिकेटको उपाधी गोदावरीलाई

विजेता  गोदावरी नगरपालिकाले एक लाख एकाउन्न हजारसहित ट्रफी मेडल र प्रमाणपत्र हात पार्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कैलाली जिल्ला क्रीकेट संघको आयोजनामा जेष्ठ ७ गतेदेखि धनगढीको फाप्ला मैदान र लम्कीको व्यवस्थितनगर खेलमैदानमा सञ्चालनमा रहेको कैलाली प्रीमियर लिग अन्तरपालिका टी-२० क्रीकेट प्रतियोगिता २०८० को फाइनल खेलमा गोदावरी नगरपालिकाले टिकापुर नगरपालिकालाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको छ ।

शनिबार भएको खेलमा टिकापुर नगरपालिकाले टस जित्दै ब्याटिङ गरेको थियो । टिकापुर नगरपालिकाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतीमा ८६ रनमात्र जोड्न सक्यो । ब्याटिङतर्फबाट टिकापुर नगरपालिकाका लागि यादव साउँदले २८  बलमा सर्वाधिक २१ रन बनाउँदा रक्षित बमले ३२  बलमा १३ रन तथा सञ्जय रावलले ११ बलमा १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो रन अंक जोड्न सकेनन् ।

बलिङतर्फ गोदावरी  नगरपालिकाका लागि सुशील साउँद र सन्तोष कार्किले समान ३/३ विकेट लिएका थिए । खेलमा फिर्दोष अन्सारी २ विकेट लिन सफल भए ।

८७  रनको मध्यम  विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको गोदावरी नगरपालिकालेले निर्धारित २० ओभरको खेलमा १५.१ ओभर खेल्दै ५ विकेटको क्षती ८७ रन बनाउन सफल हुँदै प्रतियोगिताको उपाधी  हात पारेको हो । गोदावरी नगरपालिकाका लागि फिर्दोष अन्सारीले ३४ बलमा अविजित सर्वाधिक  २३ रन बनाउँदा सैलेश कठायत १८ बलमा २० रन तथा दिपेश कडेँलले १२ बलमा अविजित १७ रन बनाएका थिए ।

बलिङतर्फ टिकापुर नगरपालिकाका लागि पारस तिमिल्सिनाले ३ ओभरमा २५ रन खर्चंदै सर्वाधिक २ विकेट लिन सफल भए पनि आफ्नो टोलिलाई उपाधी दिलाउन सकेनन् ।

फाइनल खेल गोदावरी नगरपालिकाले ५ विकेटले जित्न सफल भएको हो । उक्त खेलमा उत्कृष्ट अलराउण्ड  प्रदर्शन गर्नसफल गोदावरी  नगरपालिकाका खेलाडी फिर्दोष अन्सारी मालिकार्जुन हार्डवेयर म्यान अफ दी म्याच घोषित हुँदै नगद एकहजार साथै ट्रफी हात पार्न सफल भए ।

विजेता  गोदावरी नगरपालिकाले एक लाख एकाउन्न हजारसहित ट्रफी मेडल र प्रमाणपत्र हात पार्दा उपविजेता टिकापुर नगरपालिकाले पचहत्तर हजार सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन पुगेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसलाई वर्ग शत्रु ठानेर अगाडि बढे पार्टी सकिन्छ – अध्यक्ष नेपाल
२०८१ वैशाख १५, शनिबार
धरौटी बुझाएपछि रिहा भए दिपेश पुन
२०८१ वैशाख १४, शुक्रबार
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिममा चार खेलाडी थपिए
२०८१ वैशाख १४, शुक्रबार
संसद्लाई प्रभावकारी बनाए मात्र सङ्घीयता कार्यान्वयनमा सहजता : सभामुख
२०८१ वैशाख १४, शुक्रबार
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
२०८१ वैशाख १४, शुक्रबार
जिल्ला लिग फुटबलको तेस्रो संस्करण वैशाख–१५ गतेदेखि
२०८१ वैशाख १४, शुक्रबार
निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि
२०८१ वैशाख १४, शुक्रबार