वैशाख १४, २०८१ शुक्रबार April 26, 2024

हालान्ड प्लेयर अफ द सिजन घोषित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः म्यानचेस्टर सिटीका स्ट्राइकर अर्लिङ हालान्ड प्रिमियर लिगको प्लेयर अफ द सिजन घोषित भएका छन् ।

सिजनको सुरुमा डर्टमन्डबाट पेप गार्डियोला टोलीमा आएका हालान्डले एकै सिजनमा लिगमा सर्वाधिक गोल गर्ने खेलाडी बन्नेसहित धेरै कीर्तिमान तोडे ।

नर्वेजियन खेलाडीले आफ्नो प्रयासमै सिटीलाई यो सिजन प्रिमियर लिगको उपाधि जिताउन मद्दत गरे । हालान्डले केवल ३५ खेलहरूमा उल्लेखनीय ३६ लिग गोलहरू गरेका छन् ।

उनले सिटीलाई जुनमा हुने एफए कप र च्याम्पियन्स लिगको फाइनलमा पुग्न मद्दत समेत गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया