वैशाख १९, २०८१ बुधबार May 1, 2024

देउवा निवास धुम्बाराहीमा नेविसंघ अध्यक्षविरुद्ध नाराबाजी

पार्टी सभापति देउवाको धुम्बाराहीस्थित निवासमा नेपाल विद्यार्थी संघका नेताहरूले नेविसंघ अध्यक्षविरुद्ध नाराबाजी गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा नेपाल विद्यार्थी संघका नेताहरूले नेविसंघ अध्यक्षविरुद्ध नाराबाजी गरेका छन् ।

बुधबार बिहान धुम्बाराही पुगेका नेविसंघका नेताहरूले नेविसंघ अध्यक्ष दुजाङ शेर्पाविरुद्ध नाराबाजी गरेका हुन् । संगठनलाई गतिदिन नसकेको भन्दै नेविसंघ शिवराम बस्नेत नेतृत्वको टोलीले शेर्पाको राजीनामा माग गरेको हो ।

संगठनलाई अनिर्णयको बन्दी बनाएको, गतिदिन नसकेको, त्यसैमा पनि चरम गुटबन्दी गरेको उनीहरूको आरोप छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया