वैशाख १४, २०८१ शुक्रबार April 26, 2024

प्रधानमन्त्री प्रचण्डले गरे महाकालेश्वर मन्दिरमा पूजाअर्चना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  उज्जैनस्थित महाकालेश्वर मन्दिरमा पूजाअर्चना गरेका छन् ।

नयाँदिल्लीबा विशेष विमानमार्फत् उज्जैन पुगेर प्रधानमन्त्री प्रचण्डले महाकालेश्वरको पूजाअर्चना गरेका हुन् ।

सोहीक्रममा उनले नेपालबाट लगेको १०८ केजी रूद्राक्ष र ५१ हजार रूपैयाँ दान गरेका छन् ।

पूजा गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डसँगै अर्थमन्त्री डा प्रकाशशरण महत पनि सहभागी भएका छन् ।

भारतको १२ ज्योतिर्लिङ मध्ये मशाकालेश्वर पनि एक हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया