वैशाख १२, २०८१ बुधबार April 24, 2024

भोलिदेखी राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिता हुँदै

हेभी वेट विजेताले १ लाख ५५ हजार, ट्रिपल थ्रेट म्याच विजेताले १ लाख २५ हजार पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल रिङ रेस्लिङ संघको आयोजनामा चौथो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिता शनिबार हुने भएको छ ।

प्रतियोगितामा विभिन्न ५ स्पर्धामा प्रतिस्पर्धा हुने र सबैमा नगद पुरस्कार राखिएको आयोजक संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिइन् ।

हेभी वेट विजेताले १ लाख ५५ हजार, ट्रिपल थ्रेट म्याच विजेताले १ लाख २५ हजार, हार्डकोर म्याच विजेताले १ लाख, फिमेल म्याच विजेताले ८० हजार र लाइट वेट विजेताले ६५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

नुवाकोटे टाइगर, डेभिड, चट्टान, साइन, टुपी ग्याङ, एक्स हिरो, सुजल, सीजे वल्र्ड, आकृति, तनु र कम्ब्याट कर्मा रिङमा उत्रने छन् ।

सञ्जय महर्जन र राकेश विकले निर्णायकको भूमिका निर्वाह गर्ने छन् । कार्यक्रम प्रस्तोतामा जीवन तामाङ छन् ।

प्रवेश निःशुल्क रहेको एकदिने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया