वैशाख ८, २०८१ शनिबार April 20, 2024

एसियाली खेलकुदको सचिवालय सञ्चालनमा

युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूद्धारा एक कार्यक्रमबीच उद्घाटन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः चीनको होङझावमा हुने १९ औं एसियाली खेलकुदको तयारीलाई थप प्रभावकारी बनाउन सचिवालयको कार्यालय सञ्चालनमा ल्याइएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा स्थापना गरिएको सचिवालयको कार्यालय युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले शुक्रबार एक कार्यक्रमबीच उद्घाटन गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लिम्बूले सचिवालय स्थापना पछि तयारीले थप तीव्रता पाउने बताउदै सम्बन्धित सबैले नेपालको सहभागिता उपलब्धीमूलक बनाउन जिम्मेवार भएर अगाडि बढ्नु पर्नेमा जोड दिए ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङले आगामी आर्थिक वर्षको बजेटमा पनि एसियाली खेलकुदको बजेट सम्बोधन हुनु सुखद पक्ष भएको बताउदै खेलकुद मन्त्रीज्यूले पनि एसियाली खेलकुदलाई विशेष प्राथमिकता दिनु भएको बताए ।

सदस्य–सचिव घिसिङको संयोजकत्वमा १० सदस्यीय १९ औं एसियाली खेलकुद सचिवालय गठन भएको छ ।

राखेपका २ सदस्य, युवा तथा खेलकुद मन्त्रालयका उपसचिव १, प्रशासन विभागका प्रमुख, खेलकुद विकास विभागका प्रमुख, राष्ट्रिय टिम तयारीका निर्देशक, आर्थिक प्रशासन शाखा प्रमुख र आपूर्ति तथा भण्डार शाखाका प्रमुख सदस्य रहेका छन् ।

तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्माले सचिवको जिम्मेवारी पाएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चैतसम्ममा ४ खर्ब ८० अर्ब वैदेशिक लगानी प्रतिबद्धता
२०८१ वैशाख ८, शनिबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
२०८१ वैशाख ८, शनिबार
नागेल्सम्यान २०२६ को विश्वकपसम्म जर्मनीको प्रशिक्षक रहने
२०८१ वैशाख ८, शनिबार
प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित
२०८१ वैशाख ७, शुक्रबार
गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम गरे : काँग्रेस
२०८१ वैशाख ७, शुक्रबार
काठमाण्डौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?
२०८१ वैशाख ७, शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुन जेल चलान
२०८१ वैशाख ७, शुक्रबार