असार २२, २०८२ आइतबार July 6, 2025

नक्कली ‘वर्क परमिट’ बनाउने सक्रिय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः वैदेशिक रोजगार विभागले दक्षिण अफ्रिकामा आकर्षक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने गिरोह सक्रिय भएकोे जनाएको छ । विभागका अनुसार आकर्षक सेवा सुविधासहितको पदमा काम लगाइदिने भन्दै उक्त गिरोहले नक्कली ‘वर्क परमिट’ बनाएर ठगी गर्ने गरेको पाइएको हो ।

विभागले विज्ञप्तिमार्फत यसरी मानव बेचबिखन तथा गैरकानुनी आप्रवासनमा संलग्न गिरोहले १५० भन्दा बढी व्यक्तिबाट लाखौँ रुपियाँ सङ्कलन गरिरहेको र सामाजिक सञ्जालमा भ्रमपूर्ण विज्ञापन गरिरहेकाले त्यस्ता प्रलोभनमा नपर्न आग्रह गरको छ ।

उक्त गिरोहले भ्रमण भिसामा पठाउने र त्यहाँ पुगेपछि काम लगाइदिने प्रलोभन दिने गरेको छ । भ्रमण भिसामा गएर कुनै पनि किसिमको रोजगारीमा संलग्न हुने कार्यलाई गैरकानुनी मानिन्छ । त्यस्तो कार्यमा संलग्न व्यक्तिलाई सम्बन्धित देशका निकायले पक्राउ गरी कानुनबमोजिम दण्ड जरिबाना गराई वा थुनामा राखेर देश निकाला गर्छ । “भारतमा रहेको दक्षिण अफ्रिकाको उच्चायुक्त र कन्सुलेट जनरलबाट जारी हुने भम्रण भिसा दक्षिण अफ्रिका आउने प्रयोजनका लागि मात्र भएको हुँदा त्यस भिसाका आधारमा अफ्रिकामा रोजगारीजन्य काममा संलग्न हुन पाइँदैन,” विभागले प्रकाशित गरेको सूचनामा उल्लेख छ । गोरखापत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार