असार २१, २०८२ शनिबार July 5, 2025

मेयर तथा उपमेयर कपको उपाधि पाटनलाई

फाइनल खेलमा हिमचुली क्रिकेट क्लबलाई पाँच विकेटले पराजित गर्दै पाटनले उपाधि हात पार्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः बैतडीको पाटनमा सम्पन्न मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगिताको उपाधि पाटन भ्यालीले जितेको छ । फाइनल खेलमा हिमचुली क्रिकेट क्लबलाई पाँच विकेटले पराजित गर्दै पाटनले उपाधि हात पारेको  हो ।

पाटनस्थित श्रीकृष्ण माविको खेलमैदानमा टस जितेर ब्याटिङ गर्दै हिमचुलीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ४३ रन बनाएको थियो । एक सय ४४ रनको विजयी लक्ष्य पाटनले १७ दशमलव एक ओभरमा पाँच विकेट गुमाएर पूरा ग¥यो । पाटनका लागि धीरेन्द्र चन्दले ५५ र किरन चन्दले ४५ रन बनाए ।

यसअघि ब्याटिङ गर्ने क्रममा हिमचुलीका कप्तान सन्नी विष्टले ५२ रन बनाए । बलिङतर्फ पाटनका लागि किरन चन्दले दुई विकेट लिए । उनी म्यान अफ दी म्याच घोषित भए । उपाधिसँगै पाटने रु १५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त ग¥यो । उपविजेता हिमचुलीले रु नौ हजारसहित ट्रफी र प्रमाणपत्र पायो ।

प्रतियोगितामा हिमचुलीका विकास विष्ट म्यान अफ दी सिरिज तथा हिमचुलीकै सन्नी विष्ट उत्कृष्ट ब्याट्सम्यान चुनिए । पाटनका धीरेन्द्र चन्द उत्कृष्ट बलर घोषित भए । यही जेठ १२ गतेदेखि सुरु भएको प्रतियोगितामा जिल्लाका १५ टोलीको सहभागिता रहेको थियो । विजेता खेलाडीलाई पाटन नगरपालिकाका नगर प्रमुख गौरीसिंह रावललगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार