कार्तिक २९, २०८३ आइतबार November 15, 2026

दोलखाको कोर्छे टोलबाट २८ वर्षअघि हराएको बज्रधरको मूर्ति भेटियो

बेलायतको लण्डन पुगेको बज्रधरको मूर्ति नेपाल फिर्ता ल्याएर पुनर्स्थापना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः प्राचीन सहर दोलखाको कोर्छे टोलबाट २८ वर्षअघि हराएको बज्रधरको मूर्ति फेला परेको छ। बेलायतको लण्डन पुगेको बज्रधरको मूर्ति नेपाल फिर्ता ल्याएर पुनर्स्थापना गरिएको छ।

नेपालमा पहिलो सिक्काको प्रचलन भएको दोलखा सहर मन्दिर र मूर्तिहरूको सहर पनि भनिन्छ। उजोत देवले दोलखा सहरमा शासन गरेको समय नेसं ५९० (विसं १५१६) मा राजा इन्द्रको प्रतीक स्वरूप स्थापना गरिएको बज्रधर इन्द्रको मूर्ति झण्डै तीन दशक अघि हराएको थियो।

हरेक वर्ष भदौमा इन्द्रजात्राको पाँच दिन प्रदर्शन गरिने बज्रधर इन्द्रको मूर्ति हराएको २८ वर्षपछि बेलायत निवासी डा. एमिलिन स्मिथको विशेष पहलमा हङकङ हुँदै नेपाल फर्किएको हो।

२०५२ साल भदौ १४ गते कोर्छे टोलबाट हराएको मूर्ति २८ वर्षपछि लण्डनमा छ भनेर २०७९ भदौ महिनामा लस्ट आर्टस् अफ नेपालले  सार्वजनिक गरेर  बज्रधरको मूर्ति  प्रदर्शनीमा राखिएको थियो।

त्यसपछि  पुराना फोटोहरू आफूसँग भएकाले दोलखाबाट प्रमाण पठाएपछि हङकङस्थित महावाणिज्यदूतको कार्यालय मार्फत दोलखा भित्रिएको कोर्छे टोलका स्थानीय अनिलचन्द्र श्रेष्ठले बताए।

२०८० वैशाख २२ गते बुद्ध पूर्णिमाको दिन हङकङमा नेपाली दूतावासलाई प्राइभेट संकलनकर्ताले तपाईंहरूको मूर्ति भन्ने प्रमाणित भयो भनेर फिर्ता गर्न राजी भएको आधारमा  २०८० जेठ ९ गते हङकङबाट नेपाली जहाज आर ए सात सय दशबाट मूर्ति फिर्ती अभियानको १० महिनाको प्रयासपछि नेपाल ल्याउन सफल भएको अनिलचन्द्र श्रेष्ठले बताए।

वैशाख २७ गते छाउनीमा लगेर सबै प्रक्रिया पूरा गरी जेठ  १९ गते बाजागाजासहित खटमा राखेर भजन कीर्तनसहित नगर परिक्रमा गराएर दूधले स्नान गरी संस्कृति पर्यटन राज्यमन्त्री  सुशीला सिपाइलीको हातबाट अनावरण गरेर भीमेश्वर भण्डार घरमा श्रीपेच लगाएर सुरक्षाका साथ राखिएको  छ।

कोर्छे टोलका जेष्ठ नागरिक कृष्णकुमार श्रेष्ठले विधि पूर्वक पूजा गरेर दूधले स्नान गरी मुकुटसहित बज्रधर इन्द्रलाई हराएको घरको आँखीझ्यालमा लगेर सबैलाई दर्शन गराएका अनिलचन्द्र श्रेष्ठले बताए।

‘बज्रधर इन्द्रको मूर्ति हराएपछि दोलखा सहरमा जात्रा पर्व नै मासिएला जस्तो भएको थियो’, स्थानीय ज्ञानेन्द्र प्रधानले भने, ‘मूर्ति फर्किएपछि सहरमा रौनक आएको छ।’  अनिल चन्द्र श्रेष्ठ र अनिसा श्रेष्ठलगायत सबैको पहलबाट मूर्ति फिर्ता ल्याउन सफल भएको प्रधानको भनाइ छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार