मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

शहिद स्मारक ए डिभिजन लिगमा आज चार खेल हुँदै

एन्फा कम्प्लेक्समा हुने खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिष्पर्धा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत मंगलबार ४ खेल हुँदैछन्। जसमध्ये दुई खेल दशरथ रंगशाला र एक च्यासल तथा एक खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ।

दशरथ रंगशालामा दिउँसो ३ बजे हुने पहिलो खेलमा चर्च ब्वाइज युनाइटेड र थ्रि स्टार क्लवबीच खेल हुनेछ भने साँझ ६ बजे रंगशालामा नै हुने दोस्रो खेलमा सातदोबाटो युथ क्लबले जावलाखेल युथ क्लबसँग प्रतिष्पर्धा गर्नेछ।

त्यस्तै च्यासलमा दिउँसो ३ बजे हुने खेलमा एफसी खुमलटार र एपीएफ क्लवबीच प्रतिष्पर्धा हुनेछ। त्यस्तै एन्फा कम्प्लेक्समा हुने खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिष्पर्धा हुनेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया