काठमाण्डौंः शहीद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदैछन् । जसमध्ये दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ ।
दशरथ रंगशालामा हुने पहिलो खेलमा दिउँसो तीन बजे हिमालयन शेर्पा र मच्छिन्द्र क्लवबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै साँझ ६ बजे रंगशालामा नै हुने खेलमा संकटा र फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
त्यस्तै च्यासल मैदानमा दिउँसो ३ बजे हुने खेलमा मनाङ मर्स्याङ्दी क्लब र न्युरोड टिम (एनआरटी)बीच प्रतिस्पर्धा हुनेछ । जारी लिगको उपाधि भने चर्च ब्वाइज क्लबले एक खेल अगवौ जितिसकेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया