असार २३, २०८२ सोमबार July 7, 2025

एमालेमा सरकार बदल्ने रुचि छैन : एमाले उपमहासचिव प्रदीप ज्ञवाली (अन्तवार्ता)

बाहिरिएका साथीहरूलाई समेट्न हामीले उमेर हदको प्रावधान हटाउने प्रस्ताव गरेका हौँ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

एमालेमा एक्कासि नेताहरूको जिम्मेवारी हेरफेर गर्नुपर्ने अवस्था किन आइपर्‍यो ?

विगतमा महाधिवेशनबाट कार्यविभाजन भइसकेपछि त्यो अर्को महाधिवेशसम्मै कायम रहन्थ्यो । यसले लामो समयसम्म एउटै जिम्मेवारी र कार्यक्षेत्रमा रहँदा नेताहरूको क्षमता र विज्ञताको विविधीकरणलाई साँघुरो बनाएको महसुस हुन्थ्यो । एकै ठाउँमा र एउटै जिम्मेवारीमा रहँदा कहिलेकाहीँ स्वार्थ बाझ्ने र आन्तरिक असमझदारी हुन सक्ने पनि देखियो । त्यसैले, नेताहरूको सोचाइ, क्षमता र विज्ञतालाई फराकिलो बनाउन एक वर्षका लागि जिम्मेवारी हेरफेर गरिएको हो ।

पार्टीमा ७० वर्षे प्रावधान पनि हटाउनुभयो । यसको आवश्यकता किन पर्‍यो ?

हामीले यो प्रावधान हटाउने प्रस्ताव गरेका हौँ, हटाइसकिएको होइन । पार्टीमा हाल क्रियाशील कुनै नेतालाई हेरेर प्रस्ताव गरिएको होइन । विगतमा पार्टी विभाजित भयो । लामो समयसम्म एमालेमा रहनुभएका साथीहरू बाहिरिनुभयो । उहाँहरू अहिले पुनः एमालेमै फर्किन चाहनुहुन्छ । तर, उहाँहरूको उमेर र पार्टी विधानको प्रावधानका कारण पार्टीमा सक्रिय रूपमा काम गर्न सम्भव देखिएन । उहाँहरूलाई सल्लाहकारमा मात्र सीमित गर्न पनि मिलेन । त्यसैले, बाहिरिएका साथीहरूलाई समेट्न हामीले उमेर हदको प्रावधान हटाउने प्रस्ताव गरेका हौँ ।

एमालेले सडक र सदन दुवैतिरबाट सरकारलाई दबाब दिन खोजेको हो कि ?

एमालेमा सरकार बदल्ने रुचि छैन । हाम्रो समाज नजानिँदो गरी अराजकतातर्फ गइरहेको देखिन्छ । यसले लोकतन्त्रमाथि नै प्रश्न उठ्ने अवस्था सिर्जना भएको छ । यस्तो अवस्थामा लोकतन्त्रको रक्षा तथा देश र जनताको शान्ति, अमनचैन र समृद्धिका लागि मात्र हामी क्रियाशील रहन्छौँ । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार