काठमाडौंः कपिलवस्तु र बाँकेमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण देखा परेको छ ।
बिहीबार साँझ कपिलबस्तुका १९ बर्षीय पुरुष र बाँकेका ३२ बर्षीय पुरुष र ४२ बर्षीया महिलामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उनीहरुको भेरी अस्पताल बाँके र प्रदेश प्रयोगशाला रुपन्देहीमा परिक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव एवं पवक्ता डा. समिर कुमार अधिकारीले जनाएका छन् । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५७ पुगेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया