मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

यस वर्षको च्याम्पियन्स लिगको उपाधि म्यान्चेस्टर सिटीलाई

इटालीको इन्टर मिलानलाई १–० ले हराउँदै म्यान्चेस्टर सिटीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि हात पार्न सफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः यस वर्षको च्याम्पियन्स लिग फुटबलको उपाधि इंग्लीश फुटबल क्लब म्यान्चेस्टर सिटीले जितेको छ ।

टर्कीको इस्तानबुलमा गयराति भएको फाइनल खेलमा इटालीको इन्टर मिलानलाई १–० ले हराउँदै म्यान्चेस्टर सिटीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जितेको हो ।

खेलमा म्यान्चेस्टर सिटीलाई विजयी गराउन रोड्रीले ६८ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । जितसँगै सिटीले यो सिजन महत्वपूर्ण तिन उपाधि जित्ने किर्तीमान पनि बनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया